नेपाली कांग्रेसले केन्द्रीय समिति र संसदीय दलको बैठक बोलाउने
नेपाली कांग्रेसले केन्द्रीय समिति र संसदीय दलको बैठक बोलाउने
    • बेल संचार

    • ४ मंसिर २०८०, सोमबार

काठमाडौं ।

नेपाली कांग्रेसले सरकारको प्रभावकारीताका विषयमा छलफल गर्न केन्द्रीय समिति र संसदीय दलको बैठक बोलाउने भएको छ ।

सोमबार बसेको पदाधिकारी बैठकले सरकारको कामकारबाहीको समीक्षा गर्ने गरि केन्द्रीय समिति र संसदीय समितिको बैठक बोलाउने निर्णय गरेको छ । बैठक बोलाउने निर्णय गरिएपनि मिति भने तय गरिएको छैन ।

‘केही दिन भित्रमा पार्टीका पदाधिकारी, नेताहरु, कार्यसम्पादन समितिका सदस्य र सरकारका मन्त्रीहरुका विचमा सरकारका काममा केन्द्रीत भएर बैठक गर्ने कुरा भएको छ,’ महामन्त्री थापाले भने,‘एउटा केन्द्रीय समिति र संसदीय दलको बैठक पनि सरकारकै विषयमा मात्रै केन्द्रित भएर छलफल गर्ने कुरा भएको छ ।’

सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा सोमबार विहान पदाधिकारी बैठक बसेको थियो ।

साताकाे चर्चित
सम्बन्धित