जुम्ला ।
सिँजा गाउँपालिका वडा नम्बर २ चुलेलगाउँ स्थित २२ वर्षकी जुनदेवी वडले विषादी खाएर बिरामी भए पछि, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा उपचार गर्दा गर्दै मृत्यु भएको छ ।
यहि मङ्सिर ३ गते बिहान ८ बजेतिर घरमा कोही नभएको बेला घरभित्र मुसा मार्ने औषधी सेवन गरेर वड बिरामी भएकी थिइन् ।
बिहानको समयमा उनका श्रिमान सोही गाउँमा अल्लो घर पल्लो घरतिर गएको बेला विषादी खाएको स्थानीय वासीको भनाई छ ।
श्रिमान रवि वडका अनुसार बिहान ८ बजेको समयमा घर आउँदा घरको ढोका बन्द देखे त्यसपछि ढोकालाई खोल्न खोज्दा भित्रबाट बन्द गरेको थियो । बन्द ढोकालाई जबर्जस्ती खोल्दा पल्टिएको देखे अनि मुखबाट र्याल निकालेको देख्दा छिमेकी घरलाई खबर गरेर मुसा मार्ने विषादी आएको पत्ता लगाए पछि । घरेलु औषधी तर्फ लाग्दा निको नभए पछि उपचारको लागि स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सिँजा गाउँपालिका एम्बुलेन्समा सोही दिनको लगभग ४ बजेतिर जुम्ला लिएको श्रिमान वडले बताए ।
जीविका पार्जन गर्न र पैसा कमाउनको लागि इन्डिया जान लाग्दा , श्रिमतीले मलाई पनि लैजानु भन्दा श्रिमानले लिन नमाने पछि एकासी विषादी सेवन गरेको हुन सक्ने स्थानीय गाउँवासीको भनाई छ ।
थप यो विषय सम्बन्धि सोही वडा अध्यक्ष तिर्थ वड भन्नु हुन्छ , एक्कासी दिमागले काम गर्न नसकेर विषादी सेवान गरेर विरामी परेकी हुन् । त्यसपछि उपचार गर्ने क्रममा मृत्य भएको अध्यक्ष वडले बताए ।
विषादी सेवन गरेको लामो समय पछि हस्पिटलमा बिरामी आइ पुगेपछि विरामीको गम्विर अवस्था थियो, त्यही पनि उपचार गर्दा गर्दै उनको मृत्यु मङ्सिर ४ गते मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।