प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूले ७ दिनको पारिश्रमिक भूकम्प पीडितलाई दिने  
प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूले ७ दिनको पारिश्रमिक भूकम्प पीडितलाई दिने  
    • बेल संचार

    • १४ मंसिर २०८०, बिहीबार

काठमाडौँ,

निर्वाचन आयोगका पदाधिकारीले ७ दिन बराबरको पारिश्रमिक भूकम्पबाट प्रभावितलाई सहयोग गर्ने भएका छन् ।

आयोगको बुधवार बसेको बैठकले प्रमुख आयुक्त र आयुक्तले सात दिन बराबरको पारिश्रमिक सहयोग जाजरकोट केन्द्रविन्दु भएर गत कात्तिक १७ गते गएको भूकम्पबाट प्रभावितलाई सहयोग गर्ने निर्णय गरेको हो ।

प्रदेश र जिल्ला निर्वाचन कार्यालयमा कार्यरत कर्मचारीमध्ये सचिव र सहसचिवबाट तीन, उपसचिव र शाखा अधिकृतबाट दुई र सोभन्दा तलका कर्मचारीबाट एक दिन बराबरको पारश्रमिक सहयोग गर्ने निर्णय भएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

भूकम्प पीडितको राहत र पुनःस्थापनका उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत पठाइने उनले बताए ।

जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर गएको ६ दशमलव ४ म्याग्निच्युटको भूकम्पमा परी १ सय ५४ जनाको मृत्यु भएको थियो । ​

भूकम्पबाट २६ हजार पाँच सय ५७ निजी घर पूर्णरुपमा तथा ३५ हजार चार सय ५५ घरमा आंशिक क्षति भएको थियो ।

साताकाे चर्चित
सम्बन्धित