जुम्ला ।
दिगो विकास लक्ष्य प्राप्तिको प्रतिवद्वता अपाङ्गता भएका व्यक्तिको अपनत्व र नेतृत्व सहितको ऐक्यबद्धता भन्ने मूल नाराका साथ ३२ औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवश जुम्लाको सिँजा क्षेत्रमा भव्यका साथ मनाएका छन् ।
अपाङ्गता सशक्तीकरण केन्द्र जुम्लाको आयोजनामा सिँजा क्षेत्रको मुख्य केन्द्र मानिने नराकोटमा बजारमा र्यालीसँग विभिन्न कार्यक्रम गरि दिवश मनाएको अपाङ्गता सशक्तीकरण केन्द्र जुम्लाका अध्यक्ष सत्य नारायण योगीले बताउनु भयो ।
उनका अनुसार प्लान नेपालको आर्थिक सहयोग , क्याड नेपाल र सिँजा गाउँपालिकाको सहजीकरणमा भव्यका साथ मनाए हो । अपाङ्गता भएका व्याक्तिलाई सबैले सहयोग र माया दिलाउनु पर्ने उहाँले भन्नु भयो ।
नराकोट बजारमा अपाङ्गता भएका झण्डै १ सय भन्दा बढी व्यक्तिले हातमा प्लेट कार्ड समातेर नारा जुलुस गरेर बजार परिक्रममा गरि सिजा गाउँपालिकाको कार्यालय हुँदै सिँजा भ्यालि होटेलमा कार्यक्रमको उद्घाटन पालिका अध्यक्ष पुर्ण प्रसाद धितालले गर्नु भएको थियो ।
दिगो विकास लक्ष्य प्राप्तिको प्रतिवद्वता अपाङ्गता भएका व्यक्तिको अपनत्व र नेतृत्वसहितको ऐक्यबद्धता भन्ने मूल नाराका साथ अपाङ्गता र लैङ्गिताको आधारमा हुने हिंसा अन्त्य गरौं , मर्यादित जीवन हाम्रो अधिकार ,सबै अपाङ्गता भएका व्यक्तिहरुको मानव अधिकार सुनिश्चित गरौं र अन्तर्राष्ट्रिय अपाङ्ग दिवश सफल पारौं जस्ता नारा लगाउँदै र्याली गरेका थिए ।
अपाङ्गता व्यक्तिहरुका लागि गर्नु पर्ने सहयोग र मायाको लागि कहिल्यै पनि सिँजा गाउँपालिका पछि नहट्ने अध्यक्ष धिलालले भने , अपाङ्गता व्यक्तिले पनि हरेक क्षेत्रमा राष्टको सेवा गर्न सकेका र अझै हामीले यस्ता व्यक्तिलाई आवश्यक अनुसार सहयोग र सपोट गरेमा उनिहरुको हौसला बढ्ने धितालले बताए ।
सो कार्यक्रमको सभाअध्यक्ष बनेका कृष्ण प्रसाद चौलागाईंले भने मानिस शारीरिक अवस्थामा हरेक अङ्गको अपाङ्गता बनेका छन् यि व्यक्तिलाई समाजले अपहेलना , जिस्काउने , गिजाउउने कार्य गरेर भेदभाव गरेको देखिन्छ । भन्दै कार्यक्रम सकिएको घोषणा समेत गरेका थिए ।
त्यस्तै सिँजा क्षेत्रका हिमा , कनकासुन्दरी र सिँजा गाउँपालिकामा विभिन्न कार्यक्रम गरि अपाङ्गता दिवश मनाएको योगिले भन्ने सिजाका १४ जना अपाङ्गता व्यक्तिलाई बैसाखी समेत दिवशको अवसरमा वितरण गरेको छ ।
दिवश मनाउनमा अपाङ्गता भएका व्यक्ति लगायत राजनीतिक दलका प्रतिनिधि , जनप्रतिनिधि , कर्मचारी , शुरक्षा कर्मी , पत्रकारको समेत उपस्थिति रहेको थियो ।