अर्थतन्त्रले लय समाउन थालेको छ, सुधार आउन अझै केही समय लाग्छ : अर्थमन्त्री महत
अर्थतन्त्रले लय समाउन थालेको छ, सुधार आउन अझै केही समय लाग्छ : अर्थमन्त्री महत
    • बेल संचार

    • १९ मंसिर २०८०, मंगलवार

चितवन । 

अर्थमन्त्री डा प्रकाशशरण महतले देशको अर्थतन्त्र सुधारको गतिमा रहेको दाबी गरेका छन् । मंगलबार बिहान चितवनमा पत्रकारहरूसँग कुरा गर्दै उनले अर्थतन्त्रले लय समाउन थालेको दाबी गरेका हुन् ।

नेपालमा आउने विदेशी पर्यटकको सङ्ख्या र विप्रेषण आप्रवाह (रेमिट्यान्स) बढेको उनले बताए ।

‘नेपालमा आउने विदेशी पर्यटकको सङ्ख्या र विप्रेषण आप्रवाह (रेमिट्यान्स) बढेको छ ।

अर्थतन्त्र विस्तारै लयमा फर्कन्छ,’ उनले भने, ‘समग्रमा विदेशी रेमिट्यान्स ३० प्रतिशतले बढेको छ ।

पर्यटकको चाप बढ्दा पर्यटन व्यवसायी उत्साहित भएका छन् । समस्यामा परेका व्यवसायीको समस्या समाधान हुन्छ ।

‘उनले अर्थतन्त्रमा सुधार आउन अझै केही समय लाग्ने बताए । अर्थतन्त्र सुधारका लागि धेरै नीतिगत निर्णय भएको जनाउँदै ती निर्णयबाट भएको लगानीले प्रतिफल दिन केही समय लाग्ने उनको दाबी छ ।

साताकाे चर्चित
सम्बन्धित