रुकुम पश्चिम हत्याकाण्डकाे फैसला: २४ जनालाई जन्मकैद, ८ लाई सफाइ
रुकुम पश्चिम हत्याकाण्डकाे फैसला: २४ जनालाई जन्मकैद, ८ लाई सफाइ
    • बेल संचार

    • २० मंसिर २०८०, बुधबार

काठमाडौं

रुकुम पश्चिमको सोती हत्याकाण्ड प्रकरणमा थुनामा रहेका २३  र बाहिर रहेका एक गरी २४ जनालाई जन्मकैदको फैसला सुनाइएको छ ।

मंगलवार रुकुम जिल्ला अदालतले २४ जनालाई जन्मकैदको फैसला सुनाएको हो ।

यस्तै अदालतले तुलाराम घर्तीसहित ८ जनालाई सफाइ दिएको सूचना अधिकारी गोविन्द कोइरालाले जानकारी दिए ।

थुनामा रहेका वडाध्यक्ष डम्बरबहादुर मल्लसहित २३ र बाहिर बसेका परिवर्तित नाम ३९ लाई समेत जन्मकैदको फैसला सुनाइएको हो ।

न्यायाधीश खड्गबहादुर केसीको इजलासले यस्तो फैसला गरेको हो । ​

चौरजहारी नगरपालिका–८ साेती गाउँमा गैरदलित प्रेमिका भगाउन खोज्दा २०७७ जेठ १० गते नवराज विकसहित ६ जनाको हत्या भएको थियो ।

जाजरकोटको भेरी नगरपालिका–४ रानागाउँका २१ वर्षीय नवराज आफ्ना साथीहरू लिएर मल्ल थरकी प्रेमिका भगाउन रुकुम पश्चिमको सोती पुगेका थिए ।

त्यस क्रममा सोती गाउँका गैरदलित बासिन्दाले आक्रमण गरी नवराजसहित ६ जनाको हत्या गरेका थिए ।  घटनामा १२ जना घाइते भएका थिए ।

सोती गएका नवराजसहित उनका साथीहरू सन्दीप विश्वकर्मा, टीकाराम सुनार, लोकेन्द्र सुनार, गणेश बुढा र गोविन्द शाहीको सामूहिक हत्या गरिएको थियो ।

अदालतले नवराजकी प्रेमिका र उनकी आमालाई जातीय छुवाछुतमा दुई वर्ष कैद र ५० हजार रुपैयाँ जरिवानाको फैसला गरेको छ ।

 

साताकाे चर्चित
सम्बन्धित