जुम्ला ।
मुगु जिल्ला खत्याड गाउँपालिका वडा नम्बर ५ कोटिला घरबाट दुई वर्षकी छोरी अनुष्टा बुढा साथमा लिएर मङ्गलबार साँझ लगभग ११ बजेतिर २० वर्षीया अनिता बुढा घरबाट फरार भएकी छन् ।
उनका श्रीमान महोन बुढाका अनुसार यही मङ्सिर २६ गतेका दिउँसो गोरू गोठाला गएर घर आएर बेलुका ७ बजेतिर खाना खाएर सुत्न आफ्नै अर्को घरमा गएकी तर मङ्सिर २७ गते सुत्ने घरबाट नआए पछि आमा र बाबा सुत्ने कोठा जाँदा त आमा छोरी नभए पछि आमा बाबाले आफुलाई त्यरी छोरी र श्रीमती छैन् भनेर फोनबाट खबर गराएको महोन बढाले जानकारी दिनु भयो ।
छोरीका र आफ्ना लगाउने लुगा पनि लिएर घरबाट कुनै सहल्ला नगरि फरार भएकी बुढाले बताए । दिनमा गोठालो गएको बेला अनिताले फोनबाट कसैलाई पो हो । फोन गरेर कता पुग्नु भयो भनेर सोध्दै थिइन् भनेर गोठाला साथमा भएकी एक जना किशोरीको भनाई छ ।
म रारा छायानाथ संस्थाको कर्मचारी भएकोले घरदेखि झण्डै लगभग १२ किलो मिटर टाढा खत्याड गाउँपालिका तिर थिए , घरमा आमाबाबा , श्रीमती र बहिनी थिइन् । घर परिवार र मसँग उसको कुनै विवाद वा झगडा केही पनि नभएको श्रीमानको भनाई रहेको छ ।
छोरी र आमाको बाटुल्लो खोरो अनुहार भएकी कोही कसैले देख्नु भएको छ । भने नजिकैको प्रहरी चौकीमा खबर गरिदिन हुन , श्रीमानले अपिल गर्नु भएको छ । र श्रीमानको फोन ९८६३१४५५७४ वा बेल संचार ०५१०९८७६५ मा भेटाउनु हुने जोसुकैले सम्पर्क गरि सहयोग गरिदिनु होला ।