निर्वाचन आयोगले आज राजनीतिक दललाई चुनाव चिह्न प्रदान गर्ने
निर्वाचन आयोगले आज राजनीतिक दललाई चुनाव चिह्न प्रदान गर्ने
    • बेल संचार

    • १ पुष २०८०, आईतवार

काठमाडौं ।

राष्ट्रियसभा  निर्वाचन कार्यतालिकाअनुसार निर्वाचन आयोगले आज राजनीतिक दललाई चुनाव चिह्न प्रदान गर्ने तय भएको छ ।

आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि १२ दल निर्वाचन आयोगमा दर्ता भएका छन् ।

आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार दललाई चुनाव चिह्न प्रदान गरिसकेपछि पुस ४ गते दर्ताको सूची राजपत्रमा प्रकाशनका लागि पठाइने छ ।
त्यसैगरी पुस १६ गते चुनावका लागि सात वटा प्रदेशको राजधानीमा निर्वाचन अधिकृत नियुक्ति र कार्यालय स्थापना हुनेछ ।

आगामी फागुन २० गते एमालेका ९, कांग्रेसका ४ माओवादीका ३, एकीकृत समाजवादीका २, जसपाका १ र स्वतन्त्र सांसद १ जना गरी २० सांसदको पदावधि सकिँदै छ ।
राष्ट्रिय सभा सदस्यहरूको पद रिक्त हुने एक महिना अगाडि नै निर्वाचन गराउनुपर्ने संवैधानिक व्यवस्था छ ।

साताकाे चर्चित
सम्बन्धित