इलाका प्रशासन कार्यालय नराकोटबाट राष्ट्रिय परिचयपत्र कार्य सञ्चालनमा
इलाका प्रशासन कार्यालय नराकोटबाट राष्ट्रिय परिचयपत्र कार्य सञ्चालनमा
    • उमेश बुढा

    • १ पुष २०८०, आईतवार

 जुम्ला ।

जुम्लाको इलाका प्रशासन कार्यालय नराकोटबाट राष्ट्रिय परिचय पत्रको कार्य सञ्चालन भएको छ ।

सिँजा गाउँपालिकाको आर्थिक र भौतिक सहयोग, गृहमन्त्रालय, इलाका प्रशासन कार्यालय नराकोट र सिँजा गाउँपालिकाको समन्वयमा राष्ट्रिय परिचयपत्र बनाउने कार्य सञ्चालन भएको छ । इलाका प्रशासन कार्यालय नराकोटबाट जुम्ला सिँजा क्षेत्रका तीन वटा पालिका हिमा, सिँजा र कनकासुन्दरीका नागरिकहरुले सेवा लिने गरेका छन् ।

राष्ट्रिय परिचय पत्रको कार्य सुरु भएको पहिलो दिनमै ५ जना सेवाग्राही हरुले सेवा लिएको छन् । हिमा गाउँपालिका २ जना र सिँजा गाउँपालिबाट ३ जना गरि ५ जना व्यक्तिले राष्ट्रिय परिचय पत्रको लागि कार्यालयमा फाराम भरेका छन् ।

राष्ट्रिय परिचय पत्र बनाउन कार्यालयमा आउँदा विभिन्न कागजातहरुको आवश्यक पर्ने कुरा इलाका प्रशासन कार्यालयका कर्मचारी सन्तोष धिलाल भने, नेपाली नागरिकताको प्रमाण पत्र , बाबुआमाको नागरिकताको फोटो कपी वा नागरिकताको नम्बर र जारी मिति एकिन गर्ने, मृत्यु भएको खण्डमा मृत्यु दर्ताको प्रमाणपत्र , बसाइँसराइ गरेको हकमा बसाइँसराइको सक्कल प्रमाणपत्र, राहादानी लिएको भए सोको सक्कल प्रमाणपत्र र विवाहितको हकमा नागरिकतामा पति वा पत्नीको नाम खल्लेख नभएमा विवाह दर्ताको सक्कल प्रमाणपत्र इलाका प्रशासन कार्यालय नराकोटमा ल्याएर आउँदा तपाईहरुको राष्ट्रिय परिचयपत्रको लागि फम भर्नको लागि यि कागजातहरु भए ढुक्कका साथ राहादानी नम्बर, कार्ड र रसिद पाइने इलाका प्रशासन कार्यालय नराकोटका सहायक कम्युटर अप्रेटर सन्तोष धितालले जानकारी दिनु भयो ।

हाल अनलाइन नरहेको केही दिन पछि तत्काल अनलाइन भई कार्ड समेत वितरण हुने र फाराम भरेका व्यक्तिको ६ महिना पछि कार्ड उपलब्ध हुने पनि धितालले बताए ।

नराकोट इलाका प्रशासन कार्यालयबाट राष्ट्रिय परिचयपत्र सिँजा क्षेत्रको नागरिकहरुले सेवा लिन पाउँदा निकै हर्षित र खुसी भएका छन् । यस भन्दा पहिले सदरमुकाम र राजधानी काठमाडौंमा पुगेर खर्च र दिनै लगाएर राष्ट्रिय परिचयपत्र बनाउनमा दु: ख पाएको नागरिकले अहिले घर नजिकै सेवा पाएका छन् ।

साताकाे चर्चित
सम्बन्धित