कम्युनिष्टलाई धुलोपिठो बनाउने योजना हुँदैछ, वाम एकताको पहल गरौं :झलनाथको प्रस्ताव
कम्युनिष्टलाई धुलोपिठो बनाउने योजना हुँदैछ, वाम एकताको पहल गरौं :झलनाथको प्रस्ताव
    • बेल संचार

    • ११ पुष २०८०, बुधबार

काठमाडौं

नेकपा एकीकृत समाजवादीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले वाम एकताको पहल नयाँ ढंगले अगाडि बढाउन प्रस्ताव गरेका छन् ।

आजबाट सुरु भएको सातौं केन्द्रिय कमिटी बैठकमा पूर्वप्रधानमन्त्री खनालले पश्चिमा शक्तिले नेपालको कम्युनिष्टहरुलाई सिध्याउने योजना बुनिरहेको बताए । ‘साम्राज्यवादी शक्ति नेपालको कम्युनिष्ट सिध्याउन लागेका छन् । वामपन्थीहरुलाई मिल्न नदिने र आउने चुनावमै ढिलोपिठो बनाउने योजना हुँदैछ’ खनालले भनेका छन् ।

पश्चिमा शक्ति कम्युनिष्ट सिध्याउन लागेकाले एकीकृत समाजवादीले वाम एकताको पहल गर्नुपर्ने प्रस्ताव खनालले बैठकमा राखेका छन् ।

‘नयाँ खालको पहलकदमी चाहिएको छ, त्यो हाम्रै पार्टीले गर्नुपर्छ’, खनालले भनेका छन् ।

साताकाे चर्चित
सम्बन्धित