नराकोट गाउँमा करिव तीन सय घरधुरीमा तीन धारा
नराकोट गाउँमा करिव तीन सय घरधुरीमा तीन धारा
    • उमेश बुढा

    • १४ पुष २०८०, शनिबार

DCIM100MEDIADJI_0016.JPG

जुम्ला ।

सिँजा गाउँपालिकाको वडा नम्बर ३ मा पर्ने नराकोट गाउँमा करिव तीन सय घरधुरीमा खानेपानीका तीन वटा धारा मात्र रहेका छन् ।

सिँजा क्षेत्रको प्रशासकिय केन्द्र नराकोट भनेर चिनिने गाउँमा खानेपानीका ३ वटा धारा हुनु भनेको दु : खको विषय हो । अहिलेको पछिल्लो समयमा सिँजाका केही गाउँमा एक घर एक धारोहरु छन् भने, तर सिँजाको मुटु भनेर चिनिने नराकोट गाउँमा खानेपानी समस्या देखिएको छ ।

स्थानीय धनामे सार्कीका अनुसार गाउँ देखि झण्डै १ किलो मिटर टाढा तातोपानी भन्ने ठाउँको पानीको मुलबाट ल्याएको पानीका धारा गाउँमा ६ वटा रहेका छन् । मंसिर, पुष , चैत र बैशाख महिनाको शुख्खा समयमा मुलको पानी सुक्दै आए पछि अहिले गाउँमा ३ वटा धारा मात्र आउने गरेको सार्कीले बताए ।

नराकोट गाउँमै १ धारो सिमवाडा, १ धारो दलितवाडा र १ धारो बल खेल्ने चौरमा आउने गरेको छ । त्यहि धाराको पानी ३०० घरधुरीलाई खानको लागि घण्टौ लाइन लागेर पानी भर्नु पर्ने अवस्थाले रहेको छ । नराकोट गाउँमा खानेपानीको हाहाकार भइरहेको अर्का स्थानीय जगत जिसीले बताउनु भयो ।

सोही वडा अध्यक्ष सुरथ वहादुर रावत भन्नु हुन्छ, मेरो वडाको अन्य गाउँ भन्दा नराकोट गाउँमा खानेपानीको समस्या छ । यो समस्यालाई महिले पहिलो प्राथमिकता दिएर अहिले सिँजा गाउँपालिकामा सञ्चालित सुस्वा संस्थाले एक घर एक धारो बनाउने कार्य गरेकाले नराकोट गाउँलाई घरघरै खानेपानीका धारा बनाउने पहल गरेको छु । यदि त्यो संस्थाबाट भएन भने म अझै अन्य ठाउँबाट पहल कदमी चाल्ले अध्यक्ष रावलले बताए ।

साताकाे चर्चित
सम्बन्धित