‘लम्पी स्किन’ विरुद्धको खोप नेपालमै उत्पादन हुने
‘लम्पी स्किन’ विरुद्धको खोप नेपालमै उत्पादन हुने
    • बेल संचार

    • १५ पुष २०८०, आईतवार

काठमाडौं

गाईवस्तुमा लाग्ने ‘लम्पी स्किन’ विरुद्धको खोप नेपालमै उत्पादन हुने भएको छ । कृषि तथा पशु सेवा विभागले ‘लम्पी स्किन’ विरुद्धको खोप उत्पादन गर्ने तयारी गरिरहेका बेला एक  निजी  कम्पनी  हेस्टर  बायो  साइन्स  नेपालले  उत्पादन  पनि  सुरु  गरिसकेको  छ  ।

हेस्टरले  खोप  उत्पादनको परीक्षणसमेत गरेर त्यसको अनुमतिका लागि  दुई  हप्ताअघि  औषधी  व्यवस्था  विभागमा  निवेदन पनि दिइसकेको छ । हेस्टरका प्रमुख डा. सुलोचना श्रेष्ठले खोप उत्पादन गर्ने सम्पूर्ण तयारी पूरा भएको बताउँदै त्यसका लागि गर्नुपर्ने सबै परीक्षण पनि भइसकेको बताइन् । गोरखापत्रमा खबर छ ।

 

साताकाे चर्चित
सम्बन्धित