तराई–मधेशमा बाक्लो हुस्सु र कुहिरो, जाडोले जनजीवन प्रभावित
तराई–मधेशमा बाक्लो हुस्सु र कुहिरो, जाडोले जनजीवन प्रभावित
    • बेल संचार

    • १७ पुष २०८०, मंगलवार

काठमाडौं

उपत्यकाको न्यूनतम तापक्रम घटेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान काठमाडौंको न्यूनतम तापक्रम ५ दशमलव ६ डिग्री सेल्सियस मापन भएको हो । हिजो न्यूनतम तापक्रम ६ दशमलव ५ डिग्री सेल्सियस थियो ।

तराई–मधेसका केही ठाउँमा बाक्लो हुस्सु र कुहिरो लागेको छ । केही दिनदेखि चिसो सिरोटोसहितको शितलहरले तराईको जनजीवन प्रभावित छ ।

नेपालमा अहिले पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।

 

साताकाे चर्चित
सम्बन्धित