संसारभर सयौ थरिका च्याउ उपलद्द छन। च्याउ धेरैको प्रिय तरकारी पनि हो ।सब्ज्जीको राजा भनेर चिनिएको च्याउ धेरैको घरमा मात्र होइन होटल रेस्टुरेन्टमा पनि थरिथरिका परिकार पाक्ने गर्छ। शाकाहारीहरुका लागि च्याउ एक उत्तम बिकल्प हुन्छ। मासुका भन्दा धेरै परिकार बनाउन मिल्ने च्याउहरुको राजा मानिने किङ्ग ओएस्टर च्याउ नेपालमा पछिल्लो समय निकै चर्चामा छ ।
स्वास्थ्यका हिसाबले पनि अत्यधिक स्वास्थ्यबर्दक यो च्याउ ब्यबसायिक हिसाबले पनि ब्यापक चल्न थालेको छ। पाचतारे होटलदेखि रेस्टुरेन्ट र घर घरमा समेत यो च्याउको माग बढ्दो छ । पुर्ण रुपमा अर्गानिक तबरबाट खेती गरि उत्पादन गरिने यो च्याउ शरिरको प्रतिरक्षा प्रणाली बलियो बनाउन उपयोगी मानिन्छ।
ब्रेस्ट र पोस्टेट क्यान्सरबाट बचाउन देखि पुरुस्वत्व बढाउन समेत यो च्याउ उपयोगी रहने बिज्ञहरुको भनाइ छ। औषधीय गुणले भरिपुर्ण यो च्याउ मोटोपन घटाउन पनि राम्रो सब्जी मानिन्छ। मधुमेहदेखि मुटुरोग र ट्युमरका रोगीहरुलाइ पनि यो च्याउ नियमित रुपमा सेबन गर्न सकिन्छ। लामो समय भण्डारण गर्न सकिने हुदा यो च्याउ अन्य सब्जीको तुलनामा सबै हिसाबले राजा नै मानिएको हुन्छ ।प्रोटिन,फाइबर, पोटासियम,आइरन र फस्पोरस देखि जिन्कसम्म भरिपुर्ण रुपमा रहेको किङ्ग ओएस्टर च्याउका सयौ परिकार बनाएर पस्कन सकिन्छ।
के के परिकार बनाउन सकिन्छ त किङ्ग ओएस्टर च्याउबाट ?
किङ्ग ओएस्टर च्याउबाट सयौ स्थानीय लोकल स्वाद र अन्तरास्टिय स्वादमा समेत परिकार तयार गरेर पस्कन सकिन्छ। स्थानीय लोकल स्वादमा यो च्याउको छोइला सबैभन्दा मन पराइएको परिकार मध्ये एक हो । यो परिकार होटल रेस्टुरेन्टको शाकाहारी मेनुको उपल्लो दर्जामा राखिएको र धेरैको प्रिय प्ररिकार पनि हो ।
यो बाहेक साधेको च्याउ,डामेको च्याउ,झानेको च्याउ,तरकारी,टिमुरे च्याउ,च्याउको मम,च्याउको थुप्पा,च्याउको चाउमिन,च्याउको सुप, च्याउ सेकुवा लगायत कयौ परिकार पस्कन सकिन्छ भने अन्तरास्टिय स्वादमा मटर पनिर,खुम्बका सोर्बा,हट गार्लिक च्याउ,
सते च्याउ पाकचोय,ओएस्टर गार्लिक च्याउ,हुनान तोफु च्याउ,सेज्वाना च्याउ,साम्बल च्याउ,ब्लेकबिन च्याउ,च्याउ मन्चुरियन,च्याउ डिमसम,च्याउ स्टप बाओ,च्याउ कोङ्गपाउ,केन्टुनिज च्याउ, मङ्गोलियन च्याउ,हङ्गकङ्ग स्टाएयल च्याउ,क्रिमी च्याउ सुप,फ्रेन्च च्याउ प्राउन थर्मिडोर,
च्याउको क्यानपि,च्याउ टिक्की,च्याउ टिक्का, चिज च्याउ क्रुकेट,च्याउ पिज्जा,च्याउ पास्ता,चिज स्टप च्याउ, बार्बीक्यु च्याउ,च्याउको सलाद लगायत सयौ आइटम तयार गरेर पस्कन सकिन्छ ।