सिँजामा नागरिक आरोग्य सेवा केन्द्र स् कहिले खुल्ला कहिले बन्द
सिँजामा नागरिक आरोग्य सेवा केन्द्र स् कहिले खुल्ला कहिले बन्द
    • उमेश बुढा

    • २ माघ २०८०, मंगलवार

जुम्ला ।

सिँजा गाउँपालिकाको नराकोट बजारमा रहेको नागरिक आरोग्य केन्द्र कहिले खुल्ला हुन्छ , त कहिले बन्द भएको हुन्छ ।

अस्थायी रुपमा स्थापना भएको कार्यालय पछिल्लो समयमा अहिले खुल्ला हुन्छ भने , कहिले बन्द भएको हुन्छ । यो कार्यालय लगभग स्थापना भएको तीन वर्ष जति भएको छ ।

यो कार्यालयमा कार्यरत कर्मचारीहरुको लाफर्वाहीले गर्दा हो । वा सम्बन्धि निकायाले ध्यान नदिएर समयमा कार्यालय नखुलेको हुन सक्ने स्थानीय वासीहरु वा सेवाग्राहीहरु बताउछन् ।

यस कार्यालयमा प्राविधिक रुपमा कार्यारत वा कार्यालय प्रमुख निलम खत्रीले मिति २०८० साल भाद्र महिनाको १ गतेका दिन सुत्केरी विदा लिनको लागि निवेदन दिनु भएका थियो । उक्त विदा ९८ दिन रहेको थियो । विदा लिएको

दिन पुरा भए पछि । कार्यालयमा हाजिरी नभए खण्डमा पुष महिनाको १ गते सम्म कार्यालयमा उपस्थिति नभएको र जनतालाई सेवा नदिएर तलाव खुवाउन नसकिने भएकोले हाजिरी फाइलमा रातो चिह्न लगाई दिएको हुँ , आयुर्वेद स्वास्थ्य केन्द्र जुम्लाका प्रमुख नन्द प्रसाद न्यौपानेले बताउनु भयो ।

अबको केहि दिनभित्र खत्री कार्यालयमा हाजिरी हुनु पर्ने न्यौपानेले भने , यदि भनेको समयमा उपस्थिति हुन नसकेमा अन्य प्राविधिकको रुपमा सिँजाको कार्यालयमा कर्मचारी राख्नु पर्ने देखिएको छ ।

अहिले यस कार्यालयका १ जना कार्यालय सहयोगी मात्र छन् । उनले सेवाग्राहीलागी आयुर्वेद औषधी दिएकी छन् । यसरी कार्यालय सहयोगीले कार्य गर्दा मानवको स्वास्थ्यमा असर पर्ने देखिएको छ ।

कुन रोगका लागि कुन औषधी दिने कसरी खाने भन्ने कुरामा उनलाई त्यति जानकारी नभएको हुन सक्छ । तर यो विषय सम्बन्धि दक्ष कर्मचारी कार्यालयमा नभए पछि कार्यालय सहयोगीले कहिले काहिँ कार्यालय खोलेर मनपरि तरिकाले सेवाग्राहीलाई औषधी दिइ रहेको खुलासा भएको छ ।

आयुर्वेद स्वास्थ्य केन्द्र जुम्लाले मिति २०८० साल चैत महिनाको १५ गतेबाट नागरिक आरोग्य सेवा केन्द्र सिँजा ३ नराकोट कार्यालयको लागि कार्यालय सहयोगीका रुपमा कामकाज गर्ने भनेर दुर्गा न्यौपानेलाई दिएको थियो ।

यसरी कार्यालय सहयोगीले होचुवा र देखा सिकीको भरमा कार्यालय चलाउनु र बिरामीलाई औषधी दिनु भनेको नागरिकहरुको स्वास्थ्य क्षेत्र जोखिम पार्नु हो । यसमा सम्बन्धि निकायाको ध्यान नगएको देखिएको छ ।

साताकाे चर्चित
सम्बन्धित