ब्लड क्यान्सर पिडित दिवस खनाललाई धावा गोरखा सम्पर्क समिति दिल्ली द्वारा सहयाेग हस्तान्तरण
ब्लड क्यान्सर पिडित दिवस खनाललाई धावा गोरखा सम्पर्क समिति दिल्ली द्वारा सहयाेग हस्तान्तरण
    • बेल संचार

    • ६ माघ २०८०, शनिबार

काठमाडौं ।

गोरखाका भिमसेनथापा ३ का ब्लड क्यान्सर पीडित बालकलाई सहयोग रकम हस्तान्तरण गरिएको छ ।

भिमसेनथापा गाउँपालिका वडा नम्बर–३ का ब्लड क्यान्सरबाट पीडित १४ वर्षीय दिवस खनालको उपचारको लागि आर्थिक सहयोग उपलब्ध गराएको छ ।

धावा गोरखा सम्पर्क समिति दिल्लीबाट रकम संकलन गरी ब्लड क्यान्सर पीडित बालकलाई आर्थिक सहयोग हस्तान्तरण गरिएको हो । धावा गोरखा सम्पर्क समितिका अध्यक्ष यामलाल शाक्यले संकलन भएको एक लाख तीन सय तेह्र रुपैयाँ ब्लड क्यान्सर पीडित बालकका आमा बिमला खनाललाई उत्त रकम हस्तान्तरण गरेका हुन् ।

रकम हस्तान्तरण कार्यक्रममा नेपाली कांग्रेसका पूर्व क्षेत्रिय सचिव बासुदेव भट्ट, धावा काठमाण्डाै विकास समन्वय समितीका अध्यक्ष बिकास लामिछाने, रास्वपा भिमसेनथापा गा.पा का सभापती राम चन्द्र पाेखरेल, धावा वडा नं ४ का वडा सदस्य शैलेन्द्र शाक्य, नेपाली कांग्रेस धावा काठमाण्डाैं सम्पर्क समितीका अध्यक्ष नवराज सिंम्खडा, पत्रकारहरू बिमल बाबू भट्ट, राजु भट्ट, डिबी पराजुली, बिर बहादुर राना, ऋषि खनाल( ऋतिक) तथा भिमसेनाथापा गाउँपालीकाकाे समाजसेवी हरूकाे उपस्थिती रहेकाे थियाे ।

बिमला खनालले सबैको सहयोग र साथले छोराले नयाँ जीवन जिउन पाएको र उपचारमा आर्थिक सहयोग गर्ने सबैलाई उहाँले धन्यवाद दिनुभयो ।

सामान्य परिवारका सदस्य उनको उपचारमा समस्या भएपछि परिवारले सहयोगको आग्रह गरेका थिए ।

उक्त सहयाेग रकम संकल्न कार्यक्रमकाे सम्नवय श्री संस्कृत मा.वी का शिक्षक भगवान शाक्य र वडा सदस्य शैलेन्द्र शाक्यले गर्नु भएकाे थियाे ।

रकम सहयाेग गर्ने हरुको नामावली यसप्रकार छन् ।

भिडियो लिङ

साताकाे चर्चित
सम्बन्धित