जुम्ला ।
सबैका लागि दिगो खानेपानी सरसफाई तथा स्वच्छता परियोजना ९ सुस्वा ० द्वारा सञ्चालन मिस्रीहरुका लागि सात दिने प्राविधिक तालिम वडा नम्बर ४ का वडा अध्यक्ष वा सिँजा गाउँपालिका कार्यवाहक अध्यक्ष रन्जित बुढाले होटल हिमा कर्णालीमा उद्घाटन गरेका छन् ।
मिस्रीहरुका लागि आवश्यक पर्ने विभिन्न सामाग्रीहरु सुस्वाले उपलब्ध गराएर बुढाले उद्घाटन गर्नु भएको हो ।
सूचकमा आधारित भएर पूर्ण सरसफाईका सूचकहरु हासिल गर्ने उद्येश्यले मिस्रीहरुको क्षमता विकास गर्नु हो । वास सहयोजक मन्जु थापाले भनिन् पूर्ण सरसफाइलाई टेवा पुर्याउने हो ।
सिँजा गाउँपालिकामा एक हप्ता तालिम सिकेर नयाँ नयाँ प्रविधिका भवन , शैचालय , खानेपानीका धारा लगायतका कार्यमा तालिम प्राप्त मिस्रीहरुले बनाउनमा प्राविधिक कुरामा सहल्ला सुझाव दिनको लागि मबाट हुने सहयोग दिने इन्जिनियर राजकुमार भट्टले बताउनु भयो ।
पूर्ण सरसफाईका शौचालय स्तर उन्नतिको लागि सुस्वाले चालेको कदम जनतामुखी भएको पनि भट्टले बताए ।
वास सहल्लाकार जुम्लाका धुर्व श्रेष्ठका अनुसार यो कार्यक्रम जुम्लाको तीन पालिका हिमा , सिँजा र कनकासुन्दरीमा सञ्चालन भएको छ । तर दुई पालिकामा कार्यक्रम सञ्चालन भएर सकिएको श्रेष्ठले भने , सिँजा गाउँपालिकामा भर्खरै लागू भएको छ ।
स्थानीय स्तरमा शौचालय सम्बन्धि दक्ष जनशक्ति उत्पादन गरेर उनिहरुलाई परिचालन गर्नुका साथै रोजगारको सृजना गराउने तालिमको लक्ष्य रहेको सहल्लाकार श्रेष्ठले बताउनु भयो ।
नयाँ प्रविधिको बेला शैचालयमा पनि गुणस्तरीय बनाउनमा सुस्वाले जोड दिएको छ । लैङ्गिक मय , बालबालिका , वृद्ध अपाङ्गता मैत्रीपूर्ण शैचालय बनाउने भएको छ । अन्य व्यक्तिलाई बनाएको शैचालयमा यि व्यक्तिहरुलाई शैचालयमा जानआउन र प्रयोग गर्नमा कठिन हुने भएकाले मैत्रीपूर्ण शौचालय बनाउनको लागि तालिकको आवश्यकता परेकाले सुस्वाले तालिम दिएको हो ।
भूकम्प प्रतिरोधात्म शैचालय बनाउनमा पनि तालिममा सिकाइने भएको सुस्वाले जनाएको छ । उद्घाटन कार्यक्रममा पालिका जनप्रतिनिधि , इन्जिनियर कर्मचारी प्रशिक्षक र तालिममा सिप सिक्नेहरुको उपस्थिति रहेको थिए । तालिम भने प्रत्क्षय फिल्डमा गएर प्राटिकल गरि सात दिन सम्म सिकाउने भएको छ ।