जुम्लाका किसान हिउँको पर्खाइमा
जुम्लाका किसान हिउँको पर्खाइमा
    • उमेश बुढा 

    • १० माघ २०८०, बुधबार

 जुम्ला ।

गत साल भन्दा यस वर्ष हिउँ पर्ने समयमा नपेर पछि बालिनाली सुक्दै भए पछि , अब हिउँ कहिले पर्छ भनेर किसान चिन्तिन भएर अझै हिउँको पर्खामा बसिरहेका छन् ।

लामो समयसम्म हिमपात नहुँदा किसान खडेरी पर्ने चिन्तामा छन् । माघको पहिलो साता ढल्कि सक्दा पनि हिमपात नहुँदा यहाँका किसान हिउँको पर्खामा रहेका छन् ।

पहिलाका वर्षमा मंसिरमा नै हिमपात भएको थियो । तर यस वर्ष भने हिमपात छाँटकाँट छैन् , तर केहि वर्ष अघितिर यो समयमा खेतबारी र डाँडापाखाहरु हिउँले सेताम्मे भएर ढाकिन्थे ।

किसानमा उत्साह हुन्थ्यो । अग्ला थुम्का र डाँडा सेताम्मे देखिने गर्थे तर यस वर्ष हिउँ नपर्दा डाँडापाखा उराठ लाग्दा र खेतबारी मरुभूमि जस्ता भएका छन् ।

पहिलेका हरेक वर्षमा पुष महिनादेखि माघ महिनाको पहिलो सातासम्म हिउँ पर्ने गर्थ्यो तर यो वर्षमा हिउँ अहिले सम्म नपरे पछि किसान हिउँको पर्खाइमा छन् । हिउँ नपर्दा लेकाली भुभागमा लगाएको जौं र गौं बालिमा निकै असर परेको छ । र सुक्दै गए पछि आकाशमा बादल आएकी अब त हिउँ पर्छकि भनेर किसान आसामा भइरहन्छ तर आकाशमा हेर्दा हेर्दै दिक भइसकेका छन् । भने अझै किसान हिउँ कहिले पर्छ भनेर कुरि रहेका छन् ।

हिउँ नपर्दा खेतबारीमा कुलाबाट पानी ल्याएर बालिनालिलाई पानी लगाई रहेको कृषक प्रेम रावतले भने , माघ महिना भरि हिउँ नपरे पछि जौं र गहुँको लागि पछि फागुनतिर परेर पनि कुनै काम छैन् ।

बुडापाका भन्छन् हिउँदे बालिका लागि पुष महिनामा परेको हिउँले बालि राम्रो हुन्छ तर फागुन र चैतमा परेको हिउँले झन बालि बिग्रिन्छ । अहिले सालमा त झनै माघमा पनि हिउँ नरेर पछि किसान चिन्तित भएका छन् । तर अझै किसान माघ महिनामै हिउँ परिहाल्छ भने आसामा छन् ।

हिउँ नपर्दा जताततै धुलैधुलो भएको छ , पशुचौपायालाई पनि समस्या भएको छ, मानवको स्वास्थ्यमा असर परेको छ , बालिनालि सुक्दै गएको छ र स्याउका बोटविरुवाले पानी पाएका छैनन् । आकाशमा कहिले काँहि बादल आइरहन्छ , हावाहुरी चलेर चिसो बढेको छ । माघ महिनामै हिउँ पर्छ भन्ने पर्खाइमा किसान बसिरहेका छन् ।

साताकाे चर्चित
सम्बन्धित