काठमाडौं ।
आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेपालसँगको खेलमा जितका लागि १३३ रनको लक्ष्य पछ्याएको नामिबियाको दोस्रो विकेट गएको छ । दुवै विकेट ललित राजवंशीले लिएका हुन् ।
माइकल भान लिंगेन चौधौं ओभरको पहिलो बलमा लङअनमा अनिल साहबाट क्याच आउट भएका हुन् । उनी आउट हुँदा नामिबियाले ५४ रन बनाएको छ ।
यसअघि ललितले नामिबियाका अर्का ओपनर निको डाभिनलाई कुशल भुर्तेलको हातबाट क्याच आउट गराउँदै नेपाललाई पहिलो सफलता दिलाएका थिए । स्पिनर ललितको बलमा ठूलो सट खेल्ने धुनमा १५ रन बनाएका डाभिन सहजै क्याच भए ।