फरक फरक दिनमा अज्ञात समुहले जाँचगाउँको ६ घरमा आगो लगाए
फरक फरक दिनमा अज्ञात समुहले जाँचगाउँको ६ घरमा आगो लगाए
    • उमेश बुढा

    • ६ फाल्गुन २०८०, आईतवार

जुम्ला ।

सिँजा गाउँपालिका वडा नम्बर १ मा पर्ने जाँच गाउँमा अज्ञात समुहले फरक फरक दिन पारेर ६ घरमा आगो लगाएका छन् ।

यहि फागुन २ गतेदेखि ६ गतेसम्म पटकपटक आगो लगाएका छन् । आगो बेलुकाको ७ बजेदेखि १० बजेसम्म र बिहान ४ बजेदेखि ७ बजेसम्म लगाएको बुझिएको छ ।

पहिलो दिन फागुन २ गते डिल्ली दमाई र पृथ्वी दमाईको घाँसी आल्खा बिहान ४ बजेतिर आगो लगाएको थियो । फागुन ३ गते पृथ्वी दमाईको गोठको ढोकामा आगो लगाएर जलेको छ । ३ गतेका दिनै फेरि असौजी दमाईको गोठको बाहिर पट्टि दाउरा खातमा आगो बिहान ५ बजेतिर लगाएर दाउरा र कपडा जलेका छन् । ५ गते बेलुका ७ बजेतिर सत्यादेवी दमाई र राजपुरा दमाईको गोठभित्र आगो लगाएको छ । र ६ गते बिहान पुन्ना नेपालको घरको पछाडि राखेको च्याउलामा आगो लगाएको छ ।

आगो लगाएर धेरै ठुलो क्षति नभएको तर ड्ल्लिी र पृथ्वी दमाईको ७ आाल्खा घाँस पुरै जलेर नष्ट भएको सोहि वडा कार्यवाहक अध्यक्ष राजपुरा दमाईले जानकारी दिनु भयो ।

अध्यक्ष दमाईका अनुसार यसरि पटकपटक आगो लगाएर गाउँलाई तर्सित बनाए पछि गाउँका मानिस फागुन २ गतेबाट राति सुतेका छैनन् । आगो लगाउने मान्छे एक जना नभएर समुह हुन सक्ने दमाईले बताइन् ।

घटना स्थलमा प्रहरी चौकी नराकोटबाट प्रहरीको टोली पुगेर पनि आगो लगाउने अज्ञात समुहलाई खोजी कार्य गर्दै अनुसन्धान गरिरहेको छ ।

आगलागी पिडितका अनुसार आगो लगाउने मान्छे देखेका छैनौं तर गोठबाट आगोको धुवा आए पछि आगो लगाएको थाहाँ पाए पछि गाउँले आएर आगो निभाउने काम गरेका छन् ।

अहिले जाँच गाउँका मानिस आगो लगाउने अज्ञात समुहको डरले एकै ठाउँमा राति जम्मा भएर बसेका हुन्छन् । उनलाई आगो निभाउन ठिकै हुन्छ , आगो लगाउने समुहको पछि लागेर समात्न सकिरहेका छैनन् । कहिले आगो लगाएर भाग्दै गरेको मान्छे देखिन्छ त कहिले ढुङ्गा हान्दै गरेर भागेका हुन्छन स्थानीयहरुको भनाई छ ।
यो समयमा यो गाउँमा पुरुषहरु कम मात्रामा छन् । व्यापार गर्न गएर घरमा महिला मात्र रहेकी छन् । यसरि पटक पटक आगो लगाए पछि यहाँका मानिस निकै डर क्रासमा रात बिताइ रहेका छन् ।

आगो लगाउने व्यक्ति यो हो । भनेर ठम्याउन सकिरहेका छैनन् । जाडो समयमा घर भन्दा बाहिर आगो बालेर रात बिताएका छन् । आगो लगाउने मान्छे कताबाट आउछ र कसरी गोठ भित्र पसेर आगो लगाउछ मान्छे भने देखिदैन आगो लागेको मात्र देखे पछि गाउँनै चिच्याकल्ल गरेर आगो निभाउन लाग्छन् ।

राति प्रहरीको टोलीले समात्नको लागि छापा मारेर पनि आगो लगाउने व्यक्ति , समुहलाई भेटाउन र देख्न सकि रहेका छनन् । त्यो ठाउँका मानिसको डराएर थप सुरक्षा कर्मीहरुको माग समेत गरेका छन् ।

साताकाे चर्चित
सम्बन्धित