जुम्ला ।
पाठेघर तथा स्तन क्यान्सर सम्बन्धि स्क्रानिङ् शिविरमा कनकासुन्दरीको हाटसिँजा स्वास्थ्य चौकी र मालिकाबोता स्वास्थ्य चौकीमा ५ सय १८ महिलाहरुले निशुल्क पाठेघरको चेकजाँच गरेकी छन् ।
कनकासुन्दरी स्वास्थ्य शाखा आयोजना , जनस्वास्थ्य सेवा कार्यालय र क्याट नेपाल जुम्लाको सहकार्यमा शिविर सञ्चालन गरिएको हो ।
पिसाब चुहिने , तल्लो पेट ढाड दुख्ने , चिलाउने , गन्हाउने , सेतोपानी बग्ने तथा प्रजनन् सम्बन्धि समस्या महिलाहरुको निशुल्क शिविर सम्पन्न भएको कनकासुन्दरी स्वास्थ्य शाखा जनस्वास्थ्य निरिक्षक विरेन्द्र प्रसाद उपाध्यायले बताउनु भयो ।
यहि चैत ६ गते मंगलबारका दिन विहान ७ बजे देखि बेलुका ७ बजेसम्म हाटसिँजा स्वास्थ्य चौकीमा ३ सय ७८ जना महिलाको चेकजाँच गर्दा २०६ को पाठेघर समस्या देखिएको र ३ जनाको पाठेघरको क्यान्सर भेटिए पछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रिफर गरिएको निरिक्षक उपाध्यायले जानकारी दिनु भयो ।
उनका अनुसार चैत ७ गते मालिकाबोता स्वास्थ्य चौकीमा पनि १४० जना महिलाहरुको चेकजाँच भएको छ ।
शिविर १ दिने भएकाले राम्रोसँग चेकजाँच गर्न पाइएन , यो शिविर ३ र ४ दिन सम्म भएको भए हुन्थ्यो , पाठेघरको समस्या भएकी महिलाहरु बताउँछ छन् ।
विरामी, डाक्टर , स्वास्थ्य कर्मीलाई बसना खानको लागि कनकासुन्दरी गाउँपालिकाले सहयोग गरेको छ ।