सवारी कथाहरु’ प्रदर्शनी हुँदै   
सवारी कथाहरु’ प्रदर्शनी हुँदै   
    • बेल संचार

    • ३० बैशाख २०८१, आईतवार

काठमाडौँ

सवारी साधनको पछाडि लेखिने साहित्यिक लेखन पछिल्लो समय ट्राफिक प्रहरीले हटाउँन सुरुआत गरेको छ । कलाकार भने सवारी साहित्यको संरक्षण गर्नुपर्छ भनेर कला प्रदर्शनी गर्दैछन् ।

बबरमहलस्थित सिद्धार्थ आर्ट ग्यालरीमा मङ्गलबार ‘सवारी कथाहरु’ शीर्षकमा फोटो, भिडियो र डिजिटल चित्रकला प्रदर्शनी हुँदैछ । यसमा आभूषण गौतम श्रवास्ती घोष दास्तिदारले फोटोग्राफी प्रदर्शनी गर्नुहुनेछ । दास्तिदार भारतका कलाकार हुनुहुन्छ ।

त्यस्तै, उर्जा आर्चायले डकुमेन्ट्री देखाउनुहुनेछ भने शुभ जोशीले इलिस्ट्रेसन (डिजिटल चित्रकला) प्रस्तुत गर्नुहुनेछ । कलाकार उर्जाका अनुसार सवारी साधनमा प्रयोग गरिने साहित्यिक कला एवं रचना समाजका लागि सन्देशमूलक बन्दै आएको छ । जनुसुकै कुरालाई सहजै सूचना दिनेमा सवारी साहित्य प्रभावकारी माध्यम हो ।

साथै यो एक प्रकारको रचनात्मक साहित्य संस्कृति भएकाले हटाउनुको सट्टा जोगाउनुपर्ने उर्जाले बताउनुभयो । मङ्गलबार प्रदर्शनीमा आउने दर्शकले समेत सवारी साहित्य सिर्जना गर्ने र छलफल गर्ने कार्यक्रम रहेको उहाँले सुनाउनुभयो । “सवारी साहित्यका कथाहरु हाम्रो जनजीवनसँग जोडिएका छन्”, उहाँले भन्नुभयो, “प्रदर्शनीमा आउनुहुने दर्शकले मनोरञ्जन पाउनाका साथै केही न केही सन्देश लिएर जानुहुनेछ भन्ने विश्वास लिएका छौँ ।”

साताकाे चर्चित
सम्बन्धित