कनकासुन्दरीका किसानलाई भेडा वितरण
कनकासुन्दरीका किसानलाई भेडा वितरण
    • उमेश बुढा

    • १८ जेष्ठ २०८१, शुक्रबार

जुम्ला ।

पशु पंन्क्षी शाखा कनकासुन्दरी गाउँपालिकाले वडा नम्बर ७ का भेडा पालक किसानलाई भेडा दिएको छ ।

आर्थिक वर्ष २०८० र ०८१ को बजेटले प्रदेशबाट ७ लाख , लाभग्राहीबाट ४ लाख २० हजार र कनकासुन्दरी गाउँपालिकाबाट २ लाख ८० हजारको लागतमा समुहले भेडा खरिद गरि भेडा पालक १८ जना किसानलाई बाँडेको कनकासुन्दरी गाउँपालिका पशुपंन्क्षी शाखा प्रमुख लाल वहादुर रावतले बताउनु भयो ।

रावतका अनुसार गडुल नुहाउनी साझेदारी भेडा पकेट समुहले ९० वटा भेडा र २ वटा थुमा खरिद गरेर यस समुह भित्रका १८ जना किसानलाई एक जना व्यक्ति बराबर पाँच वटा भेडा वितरण गरिएको हो ।
उक्त समुहमा २७ जना सदस्य मध्ये पहिलो पटकमा १८ जना भेडा पालक किसानलाई दिएका छ । भने , बाँकी रहेका किसानलाई अर्को वर्षमा क्रमस तीन पटक भेडा वितरण गर्ने तीन वर्षिय कार्यक्रम रहेको छ ।
जुम्ला जिल्ला मध्येमा कनकासुन्दरी गाउँपालिकामा भेडा पकेट कार्यक्रम रहेकाले यस भन्दा पहिलेका वर्षहरुमा पनि अन्य वडामा पनि भेडा वितरण गरेको प्रमुख रावतले बताए ।

कनकासुन्दरी वडा नम्बर ७ भित्र पर्ने तल्लो माथिल्लो रानिसैन , रोकायावाडा , देवारपाट लगायतका गाउँहरुमा रहेका भेडा पालक किसानको समुहलाई थप भेडाको बिउ दिएर हौसला बढाउने, व्यवसायमा जागरुक गराउने उद्येश्यका साथ उनिहरुले धेरै भेडा उत्पादन गरेर बेचविखन गरि उनिहरुको आय आर्जनमा यो कार्यक्रमले टेवा पुर्‍याउने छ । भने उद्येश्यका साथ भेडा दिएको रावतले भन्नु भयो ।

हामीहरुका भेडा त थिए । यसमा बिउ गर्नको लागि थप भेडा दिएकोमा हामी गडुल नुहाउनी साझेदारी भेडा पकेट समुहका किसानहरु खुसी भएको बताउँछन् ।

कनकासुन्दरीका लागि भेडा पकेट क्षेत्र बनाएर आर्थिक देखि लिएर हरेक कुरामा सहयोग पुर्‍याउनु भने सम्पुर्णलाई प्रमुख रावतले धन्यवाद समेत दिएका छन् ।

भेडा पालक किसानले आफ्ना भएका भेडा र अहिले थप दिएका भेडालाई राम्रोसँग पालन पोषण गरि धेरै भेडा उत्पादन गरेर बेचबिखनमा पनि मुल्य पाउँने हिसाबले भेडा फलाउन र उनिहरुको जीविकामा टेवा पुर्याउने तरिकाले भेडा पाल्नु हुने छ । वडा अध्यक्ष तेज वहादुर जीसीले बताउनु भयो ।

कनकासुन्दरीका पशुपालक किसानका पशु चौपायाहरुलाई बिरामी भए , मरे अन्य केहि भए भने पनि यसमा पशुपंन्क्षी शाखामा आएर खबर गर्नु होला । हामी त्यसमा लागि पर्ने छौं । र किसानलाई पशुचौपाया पालनमा हामी साथमा रहेर सहयोग गर्न सक्ने सहयोग समेत गर्नलाई पशुपन्क्षी शाखा लागि पर्ने पनि रावतले कताए ।
बेल

साताकाे चर्चित
सम्बन्धित