काठमाडौं
नेपालका लागि बुल्गेरियाका नवनियुक्त राजदुत निकोलाय यानकोभको नेपाल आगमनको अवसरमा विहिवार काठमाडौमा आयोजित रिसेप्सन कार्यक्रममा सहभागी हुँदै उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ (विचमा) । राजदुत यानकोभ (श्रेष्ठसँगै दाँया) ले विहिवार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आफ्नो ओहोदाका प्रमाणपत्र वुझाएका थिए ।
त्यसपछि नेपालका लागि बुल्गेरियाका अवैतनिक वाणिज्यदुत भोला विक्रम थापा (श्रेष्ठसँगै वाँया) द्वारा आयोजित रिसेप्सन कार्यक्रममा उपप्रधानमन्त्री नारायनकाजी श्रेष्ठ सहित विभिन्न देशका लागि नेपालका अवैतनिक वाणिज्यदुतहरुलगायत सहभागी भएका थिए ।