सिन्धुपाल्चोकको मेलम्चीमा बाघ आतंक
सिन्धुपाल्चोकको मेलम्चीमा बाघ आतंक
    • बेल संचार

    • १७ मंसिर २०७८, शुक्रबार

सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकामा बाघको आतङ्क ले स्थानीयमा त्रास बढाएको छ ।

बाँदर, दुम्सी , बदेंल आतङ्कबाट हैरानी सहँदै आएका यहाँका नागरिकलाई बाघ लगायत अन्य वन्यजन्तुले सताउन थालेपछि स्थानीय चिन्तित भएका हुन् ।

 

गए राती एउटा लैनो भैँसी खाएको बाघले एक हप्तामा गोठमा बाँधिरहेकै अवस्थामा  गोरु,बाख्रा, गाई लगायत अन्य घरपालुवा पशुहरू खाएपछि किसानहरू चिन्तित भएका हुन् । बाघ गाउँमा पस्न थालेपछि स्थानीय समसाँझै घरभित्र बस्न बाध्य  छन् ।

काठमाडौं । मेलम्ची ९ ज्यामिरे लगायत आसपासका क्षेत्रमा यतिखेर बाघले आतङ्क मच्चाएको स्थानीयहरु बताउछन। धेरैका गाई, भैँसी र बाख्रा बाघले खाएको छ।

विद्यालय जाने स–साना बालबालिका पनि बाघले आक्रमण गर्ने हो कि भन्ने त्रास अभिभावकमा उब्जिन थालेको छ । ‘

गोठमै आएर गाईबस्तु  खान थालेपछि मानिसमा त्रास बढ्नु स्वाभाविक भएको’ स्थानीयले बताएका छन् । घरघरमा बाघ आउन थालेपछि विद्यार्थी विद्यालय जान समेत डराइरहेका छन् ।

‘बाघ कतै  लुकेर बसेको छ की भन्ने डरले दिउँसो पनि हिँड्न गाह्रो छ ।  स्थानीयले वन्यजन्तु गाउँमा आउन नदिन तरबार लगायत अन्य उपाय गर्दै आए पनि सफल नभएको उनीहरूको भनाई छ ।

वडा अध्यक्ष कमल बहादुर खड्काले क्षतिको विवरण हेरेर राहतका लागि तत्काल सम्बन्धित निकायलाई जानकारी गराउने बताएका छन। उनले दिगो समाधानका लागि  पहल गरिने पनि बताए ।

साताकाे चर्चित
सम्बन्धित