बागमती प्रदेशमा माओवादी केन्द्रको सदस्य संख्या डेढ लाख नाघ्यो
बागमती प्रदेशमा माओवादी केन्द्रको सदस्य संख्या डेढ लाख नाघ्यो
    • बेल संचार

    • १७ मंसिर २०७८, शुक्रबार

बागमती प्रदेशमा नेकपा (माओवादी केन्द्र) को संख्या डेढ लाख नाघेको छ ।

माओवादी केन्द्र बागमती प्रदेशका सहइन्चार्ज एवं अध्यक्ष नारायण दाहालले बागमती प्रदेशमा पार्टी सदस्य संख्या डेढ लाख नाघेको जानकारी दिए ।

 

बागमती प्रदेशमा माओवादी केन्द्रको सदस्य संख्या झण्डै १ लाख ५५ हजार पुगेको छ’ अध्यक्ष दाहालले भने ।

यसअघि पत्रकार, कर्मचारी, मजदुर, युवा, विद्यार्थीसहित भौगोलिक रुपमा बागमतीमा ९२ हजार सदस्य मात्रै थिए । यसपटक पत्रकार, कर्मचारी, मजदुर, युवा, विद्यार्थी लगायतको छुट्टै कमिटि बनेको छ ।

तर, पनि बागमती प्रदेशमा माओवादीको सदस्य संख्या अहिले डेढ लाख नाघेको छ । ‘टोलटोलमा माओवादीप्रति जागरण पैदा भएको छ’ अध्यक्ष दाहालले भने, ‘सदस्य संख्यालाई हेर्दा माओवादीप्रति उत्साह र आकर्षण बढेको पाइन्छ ।’

साताकाे चर्चित
सम्बन्धित