रेखा थापा पराजित, पदाधिकारीमा को–को आए ? राप्रपाको महिला महामन्त्रीमा
रेखा थापा पराजित, पदाधिकारीमा को–को आए ? राप्रपाको महिला महामन्त्रीमा

कुन्ती शाहीसँगको प्रतिस्पर्धामा  उहाँ पराजित हुनुभएको। हो  दुइ जनाविच कडा प्रतिष्पर्धा थियो।

    • बेल संचार

    • १९ मंसिर २०७८, आईतवार

राप्रपाको महिला महामन्त्री पदमा नायिका रेखा थापा पराजित  हुनुभएको छ  ।  कुन्ती शाहीसँगको प्रतिस्पर्धामा  उहाँ पराजित हुनुभएको। हो  दुइ जनाविच कडा प्रतिष्पर्धा थियो।

शाहीले २ हजार ८ मत ल्याएर विजय हुनुभयो भने  थापाले १ हजार ६ सय ४० मत  ल्याउनुभयो।   कमल थापालाई २ सय मत अन्तरले हराउँदै  राजेन्द्र लिङ्देन राप्रपाको अध्यक्षमा विजयी हुनुभएको छ ।

उपाध्यक्षमा विक्रम पाण्डे विजयी  हुनुभएको छ।   पार्टीको खुल्ला उपाध्यक्षमा विक्रम पाण्डे २५२१ मत ल्याएर पाण्डेले निर्वाचित  हुनुभएको हो।   उपाध्यक्षको ४ पदमा विक्रम पाण्डे सहित  बुद्धिमान तामाङ, ध्रुव बहादुर प्रधान र महिलातर्फ रोशन कार्की विजयी भएका छन् ।

लिङ्देन समुहका  धवल शम्शेर राणा  महामन्त्रीमा  विजयी हुनुभएको छ।  राणाले  २२२१ मत ल्याउनुभएको छ।
यस्तै महामन्त्रीमा महिलातर्फ कुन्ती शाही विजयी  हुदा  खुल्लातर्फ धवल शमशेर राणा र भुवन पाठक विजयी भएका छन् ।
राप्रपाको अध्यक्षसहित पदाधिकारीमा उपाध्यक्षतर्फ ४ र महामन्त्रीमा ३ पदमा निर्वाचन भएको थियो ।  निर्वाचित मध्ये सर्वाधिक मत ल्याउनेमा बिक्रम पाण्डे हुनुहुन्छ।

अध्यक्षमा लिङ्देन विजयी, पूर्व राजासंग थापा आक्रोशित

साताकाे चर्चित
सम्बन्धित