प्रधानमन्त्री देउवालाई अध्यक्ष दाहालद्वारा बधाई  
  प्रधानमन्त्री देउवालाई अध्यक्ष दाहालद्वारा बधाई  

 प्रधानमन्त्री निवास बालुवाटार पुगेर अध्यक्ष दाहालले महाधिवेशनबाट निर्वाचित सभापति देउवासहित सम्पूर्ण पदाधिकारीलाई बधाई तथा शुभकामना दिनुभएको हो ।

    • Bell Sanchar

    • २ पुष २०७८, शुक्रबार

    काठमाडौँ, २ पुस
नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा सभापति पदमा निर्वाचित हुनुभएकामा प्रधानमन्त्री शेरबहादुर देउवालाई नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बधाई तथा शुभकामना दिनुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटार पुगेर अध्यक्ष दाहालले महाधिवेशनबाट निर्वाचित सभापति देउवासहित सम्पूर्ण पदाधिकारीलाई बधाई तथा शुभकामना दिनुभएको हो । भेटका अवसरमा उहाँहरुबीच चालू संसद्लाई नियमित सञ्चालन गर्न सर्वदलीय बैठक बोलाउनेबारे छलफल भएको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ ।

सो अवसरमा अध्यक्ष दाहालले क्रिकेट खेलाडीमाथि गरिएको भनिएको कारवाहीका बारेमा पनि प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराउनुभएको थियो ।

साताकाे चर्चित
सम्बन्धित