तपाईको यो साता (पुस १८ गतेदेखि २४ सम्मकाे साप्ताहिक राशिफल)
तपाईको यो साता (पुस १८ गतेदेखि २४ सम्मकाे साप्ताहिक राशिफल)
    • Bell Sanchar

    • १८ पुष २०७८, आईतवार

मेष–यो साता अनावश्यक यात्रा एवं विविध झमेलामा झेलिनु पर्नेछ । स्वास्थ्यमा तथा सौन्दर्यतामा धन खर्च हुनेछ । मध्य सातामा एउटै कामबाट दोहोरो लाभ मिल्न सक्छ । धर्मकर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ । आफन्तको प्रगतिमा मन रमाउनेछ । यो साताका लागि शुभ अङ्क २,५ र शुभ रङ्ग रातो वा नीलो हो । कुनै शुभकर्म गर्नु पूर्व भैरवजीको दर्शन गरी कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

वृष–यो साता विभिन्न कार्यक्रममा नेतृत्वदायक भूमिका निर्वाह गर्न पाइनेछ । नयाँ ठाउँमा लगानी या रोजगारको अवसर पनि मिल्नेछ । मध्य सातामा कार्यक्षेत्रमा अरुले गरेका भनेका कुरा चित्त नबुझ्न सक्छ, संयमता अपनाउनु राम्रो हुनेछ । यो साताका लागि शुभ अङ्क २,९ र शुभ रङ्ग पर्पल वा सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि नवग्रहको स्मरण गरी कार्य आरम्भ गर्दा अधिक लाभ प्राप्त हुनेछ ।

मिथुन–यो सातामा मनको डरले सताए पनि व्यवहारमा फाइदा हुनेछ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । शुभ कार्यमा सरिक भइनेछ । मध्य सातामा घरायसी कामधन्दाका लागि खट्नु पर्नेछ । पुँजी बजारको लगानीमा पनि विचार पुर्याएर निर्णय लिनु राम्रो होला । यो साताका लागि शुभ अङ्क ३,८ र शुभ रङ्ग गुलाबी वा हरियो हो । कुनै शुभकर्म गर्नु अघि हनुमानजीको आरधना गरी कार्य गर्नाले अधिक सफलता मिल्नेछ ।

कर्कट–यो साता भाग्यले विभिन्न अवसर जुराउनेछ । जीवनसाथीको सल्लाहमा गरिएको कार्यमा अधिक सफलता मिल्नेछ । नयाँ वस्त्र, अलङ्कारको प्राप्ति हुनेछ । मनोरञ्जनमा सहभागिता भइएला । आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर जुट्ला । यो साताका लागि शुभ अङ्क २,९ र शुभ रङ्ग सेतो वा हरियो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि विष्णु भगवानको स्मरण गरी कार्य आरम्भ गर्दा अधिक लाभ हुनेछ ।

सिंह–यो सातामा रोकिएका अधुरा काम पुनः सुरु हुन सक्छ । पर्यटकीय स्थलको भ्रमणले मन लोभ्याउनेछ । चलाखीपूर्ण बोलीले काम बन्न सक्छ । प्रेमप्रसङ्गमा रमाइलोपन आउनेछ । सन्तानबाट सहयोग मिल्नेछ । वैदेशिक क्षेत्रको काम पनि अघि बढ्नेछ । यो साताका लागि शुभ अङ्क १,७ र शुभ रङ्ग हरियो वा रातो हो । कुनै शुभकर्म गर्नु पूर्व जानु अघि शिव भगवानको दर्शन गरी कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।

कन्या–यो साता भौतिक साधन जोड्ने समय छ । सामाजिक र राजनीतिक कार्यमा ख्याति कमाउने योग छ । कुनै कुराले मनखुसी र प्रसन्न पनि रहनेछ । साताको अन्त्यमा ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ । व्यवसायमा नोक्सानी बेहोर्नु पर्नेछ । यो साताका लागि शुभ अङ्क ३,७ र शुभ रङ्ग कालो वा सुन्तला रङ्ग हो । कुनै शुभकर्म गर्नु अघि शिवजीको दर्शन गरी कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

तुला–यो साता धार्मिक क्षेत्र र रमणीय यात्राको योग छ । आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुनसक्छ । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । साताको अन्त्यमा महत्त्वपूर्ण अवसर गुम्न सक्छ । यात्रा गर्दा भने सावधानी अपनाउनु पर्नेछ । यो साताका लागि शुभ अङ्क ३, ६ र शुभ रङ्ग गुलाबी वा पहेँलो हो । कुनै शुभकर्म गर्नु पूर्व महासरस्वतीको स्मरण गरी कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

वृश्चिक–यो सातामा मन खुसी रहनेछ । आँटेको र ताकेको कार्य पुरा हुन सक्छ । रोकिएको धन हात पर्ला । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । विद्या र बुद्धिको विकास हुनेछ । रमणीय र सुखद् व्यावसायिक यात्राको योग छ । यो साताका लागि शुभ अङ्क ५,९ र शुभ रङ्ग गुलाबी वा हरियो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि दुर्गाजीको दर्शन गरी यात्रा गर्दा अधिक सफलता मिल्नेछ ।

धनु–यो साता महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । बोलीको विपरीत अर्थ लाग्न सक्छ । गरेको काममा ढिलासुस्ती हुनेछ । चुनौतीको सामना गरी गलत निर्णय लिन पुगिएला सचेत रहनुहोला । साताको मध्यबाट छोटो समयमा विशेष उपलब्धि हासिल गर्न सकिनेछ । यो साताका लागि शुभ अङ्क १,९ र शुभ रङ्ग रातो वा सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व सूर्यनारायणको दर्शन गरी यात्रा आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

मकर–यो साता भाग्यले विभिन्न अवसर जुराउनेछ । नसोचेको ठाउँबाट धनागम हुनसक्छ । प्रेम र दाम्पत्य सम्बन्ध सुदृढ बन्नेछ । वित्तिय संस्थाबाट सहयोग पनि पाइनेछ । साताको मध्यमा शेयर बजारले साथ नदेला । ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नसक्छ । यो साताका लागि शुभ अङ्क ४,८ र शुभ रङ्ग घ्यू रङ्ग हो । कुनै शुभकर्म गर्नु पूर्व आफ्नो इष्ट देवताको स्मरण गरी गरेको कार्यबाट अधिक सफलता मिल्नेछ ।

कुम्भ–यो हप्ता नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । सोचेभन्दा आम्दानी बढ्नेछ । प्रेमीले नयाँ स्थानको भ्रमण गर्ने प्रस्ताव राख्न सक्छन् । वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ । शेयर बजारले पनि साथ दिनेछ । यो साताका लागि शुभ अङ्क २,७ र शुभ रङ्ग सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व विष्णु भगवानको दर्शन गरी कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।

मिन–यो सातामा शुभकार्यको चर्चा चल्ने र नयाँ काम सुरु गर्ने समय छ । रोकिएका अधुरा पुराना कामहरू पुरा हुनसक्छ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । बन्दव्यापार र पेसाव्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ । मनोरञ्जनमा पनि सहभागी भइनेछ । यो साताका लागि शुभ अङ्क ४,९ र शुभ रङ्ग सुन्तला वा रातो हो । कुनै शुभकर्म गर्नु पूर्व नवग्रहको स्मरण गर्नाले सफलता हात पर्नेछ ।

साताकाे चर्चित
सम्बन्धित