आजबाट निर्वाचन प्रक्रिया सुरु : साँझ ६:२५ बजेदेखि १०: २५ सम्म मतदान
आजबाट निर्वाचन प्रक्रिया सुरु : साँझ ६:२५ बजेदेखि १०: २५ सम्म मतदान
    • बेल संचार

    • १८ पुष २०७८, आईतवार

नेकपा (माओवादी केन्द्र)को आठौं महाधिवेशन अन्तरगत नयाँ कार्यसमिति चयनका लागि आजबाट निर्वाचन प्रक्रिया सुरु हुँदै छ । यसअघि नै उमेदवारको मनोनयनलगायत कार्यक्रम सार्वजनिक गरेको निर्वाचन आयोगले बन्दसत्रको प्रस्तावानुसार शनिबारबका सबै कार्यक्रम स्थगन गरेपछि निर्वाचन प्रक्रिया आजबाट सुरु हुन लागेको हो ।

सर्वसम्मत रूपमा नेतृत्व चयनका लागि प्रयास भइरहेको भन्दै  अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बन्दसत्रमा जानकारी गराएपछि थप कार्यक्रम आइतबार (आज) दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको थियो ।

आयोगका अध्यक्ष विष्णुपुकार श्रेष्ठका अनुसार संशोधित निर्वाचन कार्यक्रमानुसार आज दिउँसो २ बजेदेखि ३ः३० बजेसम्म उमेदवारको मनोनयन दर्ता गरिनेछ । ३ः४० मा उमेदवारको मनोनयनपत्रको दर्ता सूची प्रकाशन गरिनेछ ।

उमेदवारको विरोधमा उजुरी दिने समय ४ बजेका लागि तय गरिएको छ । उमेदवारको विरोधमा परेको उजुरीको सूचना दिनका लागि ४ः१० बजेसम्मको समय दिइएको छ ।  आयोगका अनुसार उजुरीमाथि छानबिन गरी ४ः४० बजे उमेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका  छ । उमेदवारी फिर्ताका लागि ५ः३० बजेसम्मको समय दिइएको छ । उमेदवारको अन्तिम नामावली ५ः४५ बजे प्रकाशन गरिनेछ ।

आयोगका अनुसार आइतबार साँझ ६ः२५ बजेदेखि १०ः२५ सम्म मतदानका लागि समय निर्धारण गरिएको छ । माओवादीमा २९९ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित हुने व्यवस्था गरिएको छ ।

साताकाे चर्चित
सम्बन्धित