आज तोल ल्होसार मनाइँदै, आजदेखि दिन लामो हुने विश्वास
आज तोल ल्होसार मनाइँदै, आजदेखि दिन लामो हुने विश्वास
    • Bell Sanchar

    • १९ पुष २०७८, सोमबार

आज पुस शुक्ल प्रतिपदाका दिन तोल ल्होसार मनाइँदै छ ।

नेपालका हिमाली जिल्ला डोल्पा, मुगु, मनाङ, हुम्ला, जुम्ला, भुटानी मूल भएर नेपालमा बसोबास गर्नेहरुले हरेक वर्षको पुस शुक्ल प्रतिपदाको दिन तोल ल्होसार मनाउने गर्दछन् । तोलको अर्थ समयचक्र हो । आजदेखि रात छोटो र दिन लामो हुने विश्वास गरिन्छ ।

आजको दिन घर आँगन लिपपोत गरी शुद्ध पारिन्छ र स्नान गरी पूजा गरिन्छ । लामा पुरोहितबाट वा घरको मूल व्यक्तिबाट पूजाआजा गराइ गहुँको पिठो आकाशतर्फ उडाएर देवीदेवताको विजय र भूत प्रेतको पराजय होस् भनी प्रार्थना गरिन्छ ।

साताकाे चर्चित
सम्बन्धित