राष्ट्रिय सहकारी बैंकले उत्पादन क्षेत्रमा लगानी बढाउँदै गएको छ । सहकारी क्षेत्रसँग जोडिएको राष्ट्रिय सहकारी बैंकले रु तीन अर्बको शेयर पूँजी बढाएर रु आठ अर्ब पुर्योएको छ । उत्पादन क्षेत्रमा लगानी बढाउँदै जाने बैंकले जनाएको छ । बैंकको १८औँ वार्षिक साधारणसभाको सन्दर्भमा पूँजी बढाएर रु आठ अर्ब पु-याउने लक्ष्य लिएको छ । अहिले सातै प्रदेशमा इकाइ साधारणसभा गरिरहेको बैंकले पुस ३० गते प्रतिनिधिहरुको साधारणसभा गर्दैछ ।