देउखुरी । माघि पर्व नजिकिदै गर्दा देउखुरी क्षेत्रका थारुको समुदायका बस्तीहरु यतिबेला माघिमय बन्दै गएका छन् । थारुहरुको सबैभन्दा ठुलो पर्व नजिकिएको छ । जस्ले गर्दा दाङ सहित देउखुरी क्षेत्रका थारु समुदायका विभिन्न बस्ती यतीबेला माघिमय बन्दै गएको हो । थारु बस्तीमा माघी पर्वको तयारीले छपक्कै छोपेको छ । थारु समुदायका युवतीहरु अहिले घर लिपपोतका साथै जाँड, ढिक्री, रोटी तयार गर्नमा व्यस्त छन् ।
नयाँवर्षको रुपमा उल्लासका साथ मनाइने यो पर्वको चहलपहल थारु बस्तीमा सुरु भइसकेको छ । थारु समुदायको माघी पर्व आउन केही दिनमात्रै बाँकी छ । पर्व नजिकिएसँगै थारु बस्तीमा चहलपहल बढेको छ । माघी पर्वलाई भव्यरुपमा मनाउने थारु समुदायका मानिसहरु अहिले माघीको तयारीमा जुटेका छन् ।