एनिमल नेपालले चालक तथा सहचालक लगायत सरोकारवालसँग पशु क्वारेन्टाइन सम्बन्धि एक प्रचारप्रसार कार्यक्रम गरेको छ ।
एनिमल नेपालले चालक तथा सहचालक लगायत सरोकारवालसँग पशु क्वारेन्टाइन सम्बन्धि एक प्रचारप्रसार कार्यक्रम गरेको छ ।
    • Bell Sanchar

    • ४ माघ २०७८, मंगलवार

काठमाडौं । एनिमल नेपाल र पशु क्वारेन्टाइनको सह कार्यमा राजधानीको कलङ्कीको बाफल स्थित सडक परिसरमा पशु ढुवानी मापदण्डलाई निगरानी गर्दै प्रचारप्रसारमा तीब्र पारेको छन।

देशका विभिन्न स्थानबाट काठमाडौं भित्रिएका पशुको स्वास्थस्थित, ढुवानीको मापदण्ड, पालना गरेको छ कि छैन भन्ने कुराको जानकारी लिने लगायत चालक र सह चालकलाई सजग गराएका थिए ।

साथै उनीहरुलाई प्रोत्साहन स्वरुप जाकेट र माक्स बितरण गरिएको थियो । बुडानिलकण्ठ स्थित पशु क्वारेन्टाइनका प्रमुख डा. लक्मण ढकाल र एनिमल नेपालको तर्फबाट प्रोग्राम अफिसर सुश्री लक्ष्मी देबि खत्रीको सयुक्त टोलीले यो कार्यक्रम सन्चालन गरेको थियो ।

पशु पन्छिको हक, अधिकार , र संरक्षणमा हरेक गतिविधि मार्फत जनचेतना फैलाउदै आएको एनिमल नेपालले फरक किसिमको प्रस्तुति दिएको थियो ।ढुवानी गर्दा पशु हरुलाइ सहज हुने बाताबरण बनाउन, बिरामी पशुलाई उपचार गर्न,दाना पानीको उचित ब्यवस्था गर्न, र पशु ढुवानीको मापदण्ड भित्र रहेर ढुवानी गर्न सल्लाह, सुझाव दिएका थिए ।

एनिमल नेपालकि प्रोग्राम अफिसर लक्ष्मी देबि खत्री ले बेल संचार सङ कुरा गर्दै भनिन, एनिमल नेपालले जहिले र जस्तोसुकै परिस्थितिमा पनि पशु पन्छिको हित र अधिकार सम्बन्धि काम गर्दै आएको र आज भोलि मानिसले पशु हरुलाइ गर्ने ब्बहारमा परिवर्तन आएकोले आउँदा दिनमा अझै ससक्त ढ्ङले एनिमल नेपाल प्रस्तुत हुने बताइन् ।

 

भिडियो लिङ

साताकाे चर्चित
सम्बन्धित