नायिका रेखा थापाले दाेस्राे विवाह गरेकी छन् । नायिका थापाले अमेरिका निवासी बलराम शाहीसँग काठमाडाैं जिल्ला अदालतमा काेर्ट म्यारिज गरेकी हुन् ।
केही साताअघि मात्र उनले प्रेम सम्बन्ध चलिरहेकाे तर विवाह चाहिँ वैशाखमा गर्ने बताएकी थिइन् ।
चलचित्र निर्देशक छवी ओझासँग पहिलाे विवाह गरेकी थापाले दश वर्ष अघि ओझासँग सम्बन्ध विच्छेद गरेकी थिइन् ।