एमालेका अध्यक्ष केपी शर्मा ओलीले भने- भीम रावल ‘हिरो’ बन्न खोजे
एमालेका अध्यक्ष केपी शर्मा ओलीले भने- भीम रावल ‘हिरो’ बन्न खोजे

एमसिसीबारे धारणा सार्वजनिक गर्न आयोजना गरेको पत्रकार सम्मेलनमा ओलीले रावल 'हिरो' बन्न खोजेको बताए।

    • बेल संचार

    • १७ फाल्गुन २०७८, मंगलवार

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सांसद भीम रावललाई कारबाही गर्ने संकेत गरेका छन्।

एमसिसीबारे धारणा सार्वजनिक गर्न आयोजना गरेको पत्रकार सम्मेलनमा ओलीले रावल ‘हिरो’ बन्न खोजेको बताए।

‘भीम रावल पार्टीको धारणा वा पार्टीको काम कारबाहीभन्दा पृथक ढंगले आफूलाई प्रस्तुत गरिरहनु भएको छ’, ओलीले भने, ‘मैले पार्टीको संसदीय दलको बैठकमा पनि भनेको थिएँ। आफूलाई व्यक्तिगत तवरमा हिरो देखाउन खोज्ने त्यस खालका कुरा, काम कारबाही त्यस खालको विचार र कुनै पनि बहानामा चाहे राष्ट्रवादको होस् वा लोकतन्त्रको होस् अरू बहानामा हाम्रो पार्टीले लिएका नीति सही छन्। त्यसका विरूद्ध पृथक देखिएर गरिने क्रियाकलाप अनुशासनभित्र पर्दैनन्।’

नेकपा एमालेको सल्लाहकार परिषद् सदस्य तथा सांसद रावलले प्रतिनिधि सभाको बैठकमा एमसिसीविरूद्ध रोष्टमबाट बोलेका थिए। जबकि एमाले सांसदहरू नाराबाजी गर्दै वेल घेराउ गरिरहेका थिए।

‘उहाँले आत्मकेन्द्रित, आत्मप्रचारक भएर अनुचित र अनुशानहीन क्रियाकलाप गरिहरनु भएको छ’, ओलीले भने, ‘त्यस विषयमा पार्टीको ध्यान गएको छ।’

सांसद रावलले एमाले महाधिवेशनमा केपी शर्मा ओलीसँग अध्यक्ष पदका लागि प्रतिष्पर्धा गरेका थिए। रावल मतदानमा पराजित भएका थिए।

साताकाे चर्चित
सम्बन्धित