जसपाको आरोप – प्रमोद साहलाई सांघातिक आक्रमण गर्ने एमाले कार्यकर्ता हुन्
जसपाको आरोप – प्रमोद साहलाई सांघातिक आक्रमण गर्ने एमाले कार्यकर्ता हुन्

जसपाले साहको उचित उपचारको व्यवस्था मिलाउन सरकारसँग माग समेत गरेको छ।

    • बेल संचार

    • १२ चैत्र २०७८, शनिबार

जनता समाजवादी पार्टी (जसपा)ले आफ्ना सांसद एवम् संसदीय दलका प्रमुख सचेतक प्रमोद साहलाई एमाले कार्यकर्ताले आक्रमण गरेको आरोप लगाएको छ।

जसपाले विज्ञप्ति जारी गरी सर्लाहीको इश्वरपुर नगरपालिकामा एमाले कार्यकर्ताहरूले सांघातिक हमला गरी घाइते बनाएको जनाएको छ।

‘पार्टी कामको सिलसिलामा गृहजिल्ला पुग्नुभएका साहमाथि सुनियोजित ढङ्गबाट आक्रमण गरी घट्ना घटाई उहाँलगायत दर्जनौ कार्यकर्ताहरू घाइते हुने गरी भएको निन्दनीय कार्यको जनता समाजवादी पार्टी नेपाल घोर भर्त्सना गर्दछ,’ जसपाको विज्ञप्तिमा भनिएको छ, ‘नेकपा एमालेले यस्ता घृणित र आपराधिक क्रियाकलाप बन्द नगरे यसबाट उत्पन्न हुने परिणामको जिम्मेवार स्वयम् नेकपा एमाले हुने छ।’

उक्त घटनाका दोषीमाथि अबिलम्ब कडाभन्दा कडा कारबाही गर्न तथा शान्ति सुरक्षाको प्रत्याभूति हुने गरी काम गर्न जसपाले सरकासँग माग गरेको छ।

जसपाले साहको उचित उपचारको व्यवस्था मिलाउन सरकारसँग माग समेत गरेको छ।

शनिबार बिहान सर्लाहीमा बाटो विस्तार गर्ने विषयमा दुई युवा समूहबीच झडप हुँदा साह घाइते भएका थिए।

साताकाे चर्चित
सम्बन्धित