गृहमन्त्री खाणले अस्पताल पुगेर भेटे महन्थ ठाकुरलाई
गृहमन्त्री खाणले अस्पताल पुगेर भेटे महन्थ ठाकुरलाई
    • बेल संचार

    • २४ चैत्र २०७८, बिहीबार

गृहमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका नेता बालकृष्ण खाणले लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई भेटेर स्वास्थ्य अवस्थाको जानकारी लिएका छन्।

अध्यक्ष ठाकुरको मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ।

स्वास्थ्यमा समस्या देखिएपछि भैरहवाबाट ठाकुरलाई बुधबार हेलिकप्टरमा मेडिसिटी ल्याइएको थियो।

छाती दुख्ने, ज्वरो आउने र श्वासप्रश्वासलगायत समस्या देखिएपछि ठाकुरलाई सुरूमा भैरहवास्थित भीम अस्पतालमा उपचार गरिएको थियो। त्यसपछि मेडिसिटीमा पठाइएको थियो।

गृहमन्त्री खाणले बुधबार बेलुकी ठाकुरलाई भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएको उनको सचिवालयले जनाएको छ।

ठाकुरको स्वास्थ्यमा सुधार आएको अस्पतालले जनाएको छ।

गृहमन्त्री खाणले ठाकुरसँगको भेटमा उनको स्वास्थ्य अवस्थाबारे प्रधानमन्त्री शेरबहादुर देउवालेसमेत चासो राखेको बताएका थिए।

साताकाे चर्चित
सम्बन्धित