राप्रपा नेपालबाट वडा सदस्यमा प्रदिप आचार्यको उम्मेदवारी कोहलपुर -१० बाट
राप्रपा नेपालबाट वडा सदस्यमा प्रदिप आचार्यको उम्मेदवारी कोहलपुर -१० बाट
    • Bell Sanchar

    • ६ बैशाख २०७९, मंगलवार

 

स्थानीय स्तरमा समाजिक गतिविधिमा सक्रिय आचार्यको कोहलपुर नगरमै चर्चा हुने गरेको छ । आचार्य बाल्यकाल देखि नै कुशल नेतृत्व गर्दै आएको पाईन्छ । बाल्यकाल देखिनै सामाजिक कार्यमा सक्रिय रहने आचार्यले ब्रिटेन नेपाल मेडिकल ट्रस्ट ( BNMT ) बाट HIV एड्स सम्बन्धि जनचेतना मुलक कार्य गर्दै सामाजिक काममा होमिएका थिए ।

वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनमा कोहलपुर नगरपालिका वडा -१० को वडा सदस्यमा युवा नेता प्रदिप आचार्यले राप्रपा नेपालबाट उम्मेदवारी घाेषणा गरेका छन् । समाजिक संजाल फेसबुकमा स्टाट्स लेख्दै आचार्यले “समुन्नत वडा निर्माणका लागि आफ्नो उम्मेदवारी रहने उल्लेख गरेका छन् । ”

सानै देखि पढाईमा अब्बल आचार्य कोमल मन , सहयोगी भावन र अरुको दुखलाई नि आफ्नै ठानेर चिन्तन मनन गर्ने प्रवृत्तिका छन् ।

आचार्य कोहलपुर नगर स्तरीय बाल क्लब संजालका अध्यक्ष समेत रहि बालबालिकाका हरेक समस्यामा अग्रसर रहि कार्य गर्दै आएका थिए । बाल मैत्री नगर निर्माणमा उल्लेखनीय भुमिका खेलेका थिए । कर्ममा विश्वास गर्ने उनी परिवर्तनका लागि आफै लाग्न गर्ने भन्दै अब नमुना वडा निर्माणमा आफ्नो सक्रियता रहने बताउदै आफुलाई विजयी गराउन वडाबासिहरुमा अपिल पनि गरेका छन् ।

सामाजिक चिन्तन मनन भएका उनी भन्छन् ” समाज परिवर्तनका लागि अब युवा नेतृत्व हुन आवश्यक भएको छ , त्यसैको सुरुवात म बाट भएको हो । मेरो जित नै समृद्ध वडा निर्माण गर्न परिकल्पना गर्ने हरुको हुने छ ।” राजनीति सेवामुलक कार्य हुनेमा अहिले भ्रष्टाचार गर्ने थलो बनेकाले यो अन्त्यका लागि आफ्नो उम्मेदवारी रहेको र भ्रष्टाचारी हरुको अब दिन सकिने बताएका छन् ।

साताकाे चर्चित
सम्बन्धित