वैकल्पिक ऊर्जा र एनएमबि बैंक बीच सम्झौता
वैकल्पिक ऊर्जा र एनएमबि बैंक बीच सम्झौता
    • Bell Sanchar

    • २० जेष्ठ २०७९, शुक्रबार

एनएमबि बैंक र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र र केन्द्रीय नवीकरणीय ऊर्जा कोषबीच नवीकरणीय उर्जाको प्रवर्द्धन गर्न सम्झौता भएको छ। मधेस प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा नवीकरणीय ऊर्जाका क्षेत्रमा लगानी प्रवद्र्धन गर्न दिगो ऊर्जा चुनौती कोष कार्यक्रम अन्तर्गत कर्जा नोक्सानी सुरक्षणसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

यो कोष बेलायत सरकारको अनुदानमा नेपाल नवीकरणीय ऊर्जा कार्यक्रमको सहयोगमा स्थापना भएको हो । यो सम्झौताको मुख्य विशेषता बैंकले उल्लेखित प्रदेशहरुमा नवीकरणीय ऊर्जाका परियोजनामा गरेको कर्जा लगानीको भुक्तानी नभएमा त्यस्ता कर्जामा कोषले २० प्रतिशत सावाँ रकमसम्मको सुरक्षण प्रदान गर्नेछ । यसले  एनएमबि बैंकलाई नवीकरणीय ऊर्जाको क्षेत्रमा लगानी विस्तार गर्नको लागि सहयोग मिल्ने बैंकको भनाइ छ।

एनएमबिले दीगो बैंकिङ्गमार्फत देशमा वास्तविक अर्थतन्त्रको प्रवद्र्धनको लागी साना तथा मझौला, कृषि, पूर्वाधार र ऊर्जा क्षेत्रलाई प्राथमिकतामा राखि कार्य गर्दै आएको छ । बैंकले स्वच्छ ऊर्जाको प्रवद्र्धन र नेपालको ऊर्जा पूर्वाधार र आपूर्ति प्रणालीलाई अझ दीगो तरीकाले रूपान्तरण गर्ने, स्वच्छ र नवीकरणीय ऊर्जाको उपयोग गर्ने र भारतबाट बिजुली र जीवाषेश इन्धन आयातमा रहेको ठूलो परनिर्भरता घटाउने सरकारको पहललाई साथ दिईरहेको छ । बैंकले अन्तर्राष्ट्रिय मान्यताप्राप्त हरित कर्जा लगानी सिद्धान्तहरुको आधारमा आफ्नो हरित लगानी कार्यविधी र वातावरणीय एवं सामाजिक व्यवस्थापन प्रणालीको विकास अन्तर्राष्ट्रिय वित्त निगमले वातावरणीय एवं सामाजिक जोखिमको क्षेत्रमा निर्देशित गरेका मापदण्डहरु र अन्तर्राष्ट्रिय अभ्यासहरुलाई समेत समेटेर तयार पारेको छ । ।

“एनएमबि नवीकरणीय ऊर्जा क्षेत्रमा प्राथमिकताका साथ लगानी गर्ने नेपालको अग्रणी बैंक हो । यो साझेदारीले देशमा नवीकरणीय ऊर्जाको लगानीलाई विस्तार गर्नको लागि सहयोग प्रदान गर्नेछ । यसले नवीकरणीय ऊर्जा क्षेत्रलाई मुलप्रवाहमा ल्याई ऊर्जा र वित्तीय सेवामा पहूँच नपुगेको जनसंख्यामा नवीकरणीय ऊर्जाको प्रवद्र्धनको लागि प्रोत्साहित गर्नुको साथै यो सम्झौतापश्चात बैंकको हरित कर्जा अझ बढी लक्षितवर्गमा पुग्नेमा विश्वस्त छौं ” एनएमबि बैंकका प्रमुखकार्यकारी अधिकृत सुनिल केसीले बताउनुभयो ।

बैंकले जनवरी २०१८ देखि नै केन्द्रीयनवीकरणीय ऊर्जा कोषको लागि ह्यान्डलिंग बैंकको भूमिकामासमेत कार्य गर्दै आईरहेकोे छ ।
बैंकले देशैभरी रहेका २०१ शाखाहरु, १३८ एटिएमहरु, ११ एक्सटेन्सन काउन्टरहरु मार्फत अत्याधुनिक एवं उच्चस्तरीय बैकिङ्ग सेवाहरु प्रदान गदै आइरहेको छ ।

साताकाे चर्चित
सम्बन्धित