जेठ २४ गते मंगलबारको राशिफल, कुन राशिका लागि कति शुभ ?
जेठ २४ गते मंगलबारको राशिफल, कुन राशिका लागि कति शुभ ?
    • Bell Sanchar

    • २४ जेष्ठ २०७९, मंगलवार

आज मिति वि सं २०७९ साल जेठ महिनाको २४ गते मंगलबार, तदअनुसार सन् २०२२ जुन ७ तारिख, कस्तो छ तपाईको भाग्य ? हेर्नुहोस राशिफल

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )

परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइनेछ । सामाजिक र धर्मकर्मको क्षेत्रमा मन लाग्नेछ । सम्पत्ति लाभ गर्न अनुकूल प्रयास हुनेछन् ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )

आज परिवारजनको साथले नयाँ आशा पलाउनेछ । तर्क, विवाद र प्रतिस्पर्धामा राम्रो सफलता मिल्नेछ, तर यात्रा नगरेकै राम्रो हुनेछ ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )

धार्मिक र सांस्कृतिक सभासमारोहमा सरिक हुने समय छ । जटिल ठानिएको कामसमेत सम्पादन हुनेछ । चिताएको कामले तीव्रता लिनेछ ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )

अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइनेछ । बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )

आज शुभकार्यको चर्चा चल्नेछ । कुनै कुराले मनमा शान्ति छाउनेछ । पेसाव्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ ।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )

स्वास्थ्यप्रति सजग रहनु होला । दबाब र तनाव बढेको महसुस हुनेछ । महत्त्वपूर्ण अवसर गुम्न सक्छ । यात्रामा सावधानी अपनाउनु पर्नेछ ।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )

लाभदायक यात्राको सम्भावनालाई नकार्न सकिँदैन । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । नोकरी गर्नेले मानसम्मान पाउने छन् ।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )

आज पारिवारिक सहयोगको छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ । लामो समयदेखि रोकिएका अधुरा कामहरूमा झमेला हुन सक्छ ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )

आज नयाँ र शुभ कार्यको चर्चा चल्नेछ । स्वादिष्ट खानेकुराको परिकार खान पाइनेछ । प्रविधि मार्फत टाढा रहेका आफन्तसँग भेटघाट हुनेछ ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )

आज दबाब र तनाव बढेको महसुस हुनेछ । कार्य सम्पादनमा समस्या आउला । जिद्दीपनाले गर्दा काम बिग्रने डर र नोक्सानी बेहोर्नु पर्ला ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )

आज रोकिएका काम पुनः सुरु हुन सक्छन् । धार्मिक यात्रा गर्ने अवसर प्राप्त हुनेछ । कसैकसैका लागि सन्तान प्राप्तिको योग पनि छ ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )

आज ज्ञान र अध्यात्मको भावना जाग्न सक्छ । हर्ष र प्रसन्नताका बीचमा समय व्यतीत हुनेछ । साझेदारीको काममा सहयोग मिल्नेछ ।
राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

साताकाे चर्चित
सम्बन्धित