काठमाडौं उपत्यकामा अब ४ आना भन्दा कम हुने गरी जग्गा कित्ताकाट गर्न नपाइने भएको छ ।
काठमाडौं उपत्यकाभित्र आवासीय प्रयोजनका लागि १३० वर्ग मिटरभन्दा कम हुने गरी जग्गाको कित्ताकाट गर्न नपाइने प्रावधान राखिएको छ ।
त्यसै गरी ५०० वर्ग मिटरभन्दा सानो कित्ताको हकमा चौडाइभन्दा लम्बाइ चार गुणाभन्दा बढी हुने गरी पनि कित्ताकाट गर्न पाइने छैन ।
तर, कुनै कित्ताको आकार वा क्षेत्रफल समावेश गरी प्लट मिलान गर्न उपयुक्त देखिएमा सोको प्लट मिलानका लागि कित्ताकाट गर्न भने सकिने छ ।