काठमाडौं उपत्यकामा ४ आनाभन्दा कम जग्गा कित्ताकाट गर्न नपाइने
काठमाडौं उपत्यकामा ४ आनाभन्दा कम जग्गा कित्ताकाट गर्न नपाइने
    • Bell Sanchar

    • २४ जेष्ठ २०७९, मंगलवार

काठमाडौं उपत्यकामा अब ४ आना भन्दा कम हुने गरी जग्गा कित्ताकाट गर्न नपाइने भएको छ ।

नेपाल राजपत्रमा प्रकाशित भएको भू-उपयोग नियमावलीमा उक्त प्रावधान राखिएको हो ।

काठमाडौं उपत्यकाभित्र आवासीय प्रयोजनका लागि १३० वर्ग मिटरभन्दा कम हुने गरी जग्गाको कित्ताकाट गर्न नपाइने प्रावधान राखिएको छ ।

त्यसै गरी ५०० वर्ग मिटरभन्दा सानो कित्ताको हकमा चौडाइभन्दा लम्बाइ चार गुणाभन्दा बढी हुने गरी पनि कित्ताकाट गर्न पाइने छैन ।

तर, कुनै कित्ताको आकार वा क्षेत्रफल समावेश गरी प्लट मिलान गर्न उपयुक्त देखिएमा सोको प्लट मिलानका लागि कित्ताकाट गर्न भने सकिने छ ।

साताकाे चर्चित
सम्बन्धित