कनकासुन्दरीमा दुई हजार भन्दा बढीले राष्ट्रिय परिचयपत्र बनाए अझै धमाधम बनाउँदै
कनकासुन्दरीमा दुई हजार भन्दा बढीले राष्ट्रिय परिचयपत्र बनाए अझै धमाधम बनाउँदै
    • उमेश बुढा

    • १८ बैशाख २०८१, मंगलवार

 

 जुम्ला

दुई हजार भन्दा बढीले कनकासुन्दरी राष्ट्रिय परिचय पत्र बनाएका छन् । भने अझै धमाधम बनाउँदै छन् ।

राष्ट्रिय परिचय पत्र तथा पञ्जिककरणले वडा वडामै गएर कनका सुन्दरीमा राष्ट्रिय परिचय पत्र बनाई रहेको छ ।

वडा नम्बर १ मा ४ सय ६० जना , वडा नम्बर ३ मा ८ सय ९० , वडा नम्बर ६ मा ४ सय ४४ जना र वडा नम्बर २ मा ६ सय ७५ जना नागरिकले राष्ट्रिय परिचय पत्र बनाएको राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरणका सुपरभाइजर राजेन्द्र प्रसाद भट्टले जानकारी दिनु भएको छ ।

उनका अनुसार वडा नम्बर १ , ३ , ६ मा राष्ट्रिय परिचय पत्र बनाई सकिएको छ । भने वडा नम्बर २ ४ , ५ , ८ , को बनाउँदै गरेका छौं । भट्टले भने , त्यस पछि वडा नम्बर ७ को पनि बनाउने छौ ।

घुम्ती शिविरले कनकासुन्दरी गाउँपालिकाको प्रत्येक वडा वडामा पुगेर राष्ट्रिय परिचय पत्र बनाइ रहेको छ । यसरी वडामै राष्ट्रिय परिचय पत्र बनाउन पाउँदा नागरिक खुसी भएका छन् ।

कनकासुन्दरीमा राष्ट्रिय परिचय पत्र बनाउने १० जना अपरेटर परिचालन भएका छन् । यिनिहरुलाई बस्न , खानको लागि वडा वडाले सहयोग गरिरहेको छ ।

साताकाे चर्चित
सम्बन्धित