जुम्लाको कनकासुन्दरीमा ट्रक दुर्घटना हुँदा दुई जना घाइते
जुम्लाको कनकासुन्दरीमा ट्रक दुर्घटना हुँदा दुई जना घाइते

फाेटाे फिचर

    • उमेश बुढा

    • ३ जेष्ठ २०८१, बिहीबार

जुम्ला ।

सुर्खेतदेखि मुगुको गमगढी तर्फ जाँदै गरेको मिनि ट्रक जुम्लाको कनकासुन्दरी वडा नम्बर २ को जिअ भन्ने ठाउँमा दुर्घटना हुँदा चालक र सहचालक घाइते हुनु भएको छ।

क प्र ०२००१ ख ०२८७ नम्बरको मिनि ट्रक बिहान करिब ५ बजेतिर दुर्घटना घएको बुझिएको छ ।

विरेन्द्र नगर २ सुर्खेतका २७ वर्षया चालक लक्ष्मी प्रसाद जैसी र सहचालक अलाचौरका १७ वर्षीया विष्णु अधिकारी घाइते हुनु भएको छ।

घाइतेलाई मालिका वोता स्वास्थ्य चौकीद्वारा सञ्चालित एम्बुलेन्समा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा उपचारका लागि लिएको प्रहरी चौकी चौथाले जनाएको छ ।

प्रहरीका अनुसार चालक निदाएर दुर्घटना भएको हुन सक्ने बुझिन आएको छ । मिनि ट्रक भने सड्कबाट करिक तीन सय मिटिर तल खसेको छ ।

ट्रकले सुर्खेतबाट खाद्य खुद्रा व्यापारी सामान ल्याएर मुगुको गमगढीको लागि बुझिएको छ । घटना स्थलमा यहाँ स्थानीय वासीले सामान सामान समालेर राख्दै छन् ।

ट्रक भने पुर्णरुपमा क्षतिग्रस्त भएको छ ।

साताकाे चर्चित
सम्बन्धित