कालिका आवि देवारगाउँमा अमेरिका शिक्षक जेम्सले निशुल्क शिक्षण गर्ने
कालिका आवि देवारगाउँमा अमेरिका शिक्षक जेम्सले निशुल्क शिक्षण गर्ने
    • उमेश बुढा

    • ४ जेष्ठ २०८१, शुक्रबार

 जुम्ला ।

अमेरिकाका शिक्षक म्याथ्यु जेम्स होगनले हिमाको कालिका आधारभूत विद्यालयमा पारिश्रमिक नलिएर शिक्षण गर्ने भएका छन् ।

उनि अमेरिकाको भर्जिनिया ठाँउबाट नेपाल आएर जुम्लाको हिमा गाउँपालिकाको कालिका आधारभूत विद्यालय देवारगाउँमा कुनै पनि तलब नखाएर करिब १ वर्षसम्म यहाँका विद्यार्थीलाई शिक्षण गर्ने होगनले बताए ।

जति ममा ज्ञान छ , त्यो ज्ञान नेपालका विद्यार्थीलाई दिने र यहाँका विद्यार्थीबाट पनि ज्ञान आर्जन गर्न उद्श्यले शिक्षण गर्न लागेको होगनले बताए ।

यसरी अमेरिकाको शिक्षक नेपालमा आएर पारिश्रमिक नखाई कन शिक्षण गराएकोमा वडा अध्यक्ष रगत शाहीले धन्यवाद दिनु भएको छ ।
जति ज्ञान दियो त्यति ज्ञान प्राप्त हुने भएकाले अमेरिकाका शिक्षक नेपालको हिमा गाउँपालिकाको कालिका आधारभूत विद्यालय देवार गाउँमा शिक्षा दिने र लिनको लागि पारिश्रम नखाएर शिक्षण गर्ने भएका छन् ।

अमेरिकाका शिक्षक देवारगाउँ विद्यालयमा आए पछि शिक्षक, विद्यार्थी , अभिभावक र जनप्रतिनिधिले खुसीका साथ स्वागत गरेका छन् ।

साताकाे चर्चित
सम्बन्धित