कनकासुन्दरीमा कर्णालीका आँसु नाटक प्रर्दशन
कनकासुन्दरीमा कर्णालीका आँसु नाटक प्रर्दशन
    • उमेश बुढा

    • ५ जेष्ठ २०८१, शनिबार

जुम्ला ।

खस भाषाको उत्पति भएको ऐतिहासिक सिँजा उपत्यकाको कनकासुन्दरी गाउँपालिका ५ गोठिज्युला बजारमा रहेको कसंम नाटक घरमा कर्णालीका आँसु नाटक प्रर्दशन भएको छ ।
कर्णाली भौगोलिक रुपमा विकट जहाँ स्वास्थ्य , शिक्षा , यातायात , संचार लगायतका विकासका पूर्णधारहरुबाट राज्यको दृष्टिकोणबाट पछि परेको कर्णालीमा नाटक घर स्थापना गरि खस संस्कृति संरक्षण मञ्च कसंम सुरुवात गरेर जुम्लाका कलाकारहरुले विगत एक वर्षदेखि सो नाटक घरमा प्रर्दशन गर्दै आएका छन् ।

नेपाल सङ्गित तथा नाट्य प्रज्ञा प्रतिष्ठान काठमाडौ नेपालको आर्थिक सहयोग र कर्णाली खस संस्कृति संरक्षण मञ्च कसंम जुम्लाको सहजिकरणमा २०८१ साल बैशाख २१ गतेदेखि जेठ ४ गतेसम्म सञ्चालन भएको ध्वनी प्रकाश तथा निर्देशन सम्बन्धि कार्यशाला सञ्चालन गरि उक्त कार्याशालाबाट नाटक निर्माण उत्पादन गरि प्रर्दशन गरिएको हो ।

कर्णालीका कुना कन्दरामा लुकीछिपी रहेका कला संस्कृतिलाई जोर्गेना गर्ने र लुकेर बसिरहेका प्रतिभालाई राष्ट्र अन्तर्राष्ट्रिय स्तरसम्म पुर्‍याउन र कर्णाली चिनाउने उद्येश्यले नेपाल संगित तथा प्रज्ञा प्रतिष्ठान नेपालले जुम्लाको कनकासुन्दरीमा नाटक घर स्थापना गरिएको कर्णाली खस संस्कृति संरक्षण मञ्च जुम्लाका अध्यक्ष भानुभक्त उपाध्यायले बताए ।

ध्वनि प्रकाश तथा निर्देशनको प्रशिक्षणबाट ज्ञान लिन पाउँदा कसंम घरका कलाकारहरुले यसबाट धेरै कुराको ज्ञान , सिप र कला सिकेको अध्यक्ष उपाध्यायले बताए ।

कर्णालीको सिँजामा खस नेपाली भाषाको उत्पति भएको ठाउँमा कला , रितिरिवाज , चाडपर्व , भेषभुषा , संस्कृति ,साँस्कृतिक लगायतका वस्तु र कला भएको दुर्गम विकट बस्तिका कलाकार उत्पादन गरेर राष्ट्र र अन्तराष्ट्र सम्म पुर्‍याउने संङकल्पले नाटक घर स्थापना गराएको नेपाल संङ्गित तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति निशा शर्मा पोखरेलले बताइन् ।

जसले कर्णालीलाई रुवाएको छ । उसले कर्णालीका आँसु पुछि दिनु पर्छ । यो हाम्रो कला सभ्यता साँस्कृतिलाई बुझिदिने कोही छैनन् । अझै त हेर्नुहास् म करको नारी भएकी करणाली हुँ । यिनले मलाई कर्णाली नाम दिएर मगन्ते बनाए , पागल बनाए , बहिरो बनाए , बन्दक बनाए , गरिब बनाए त्यति मात्र नभएर म भित्र भएको उर्वरा खेत जोत्ने किसानहरुको अपमान गरेर दिन प्रतिदिन जमिन बाँझो हुँदै गइरहेको छ । म श्रोतकी खानी , सम्पदाको रानीलाई बन्दक बनाएर राखेका छन् ।जस्तो भाव कर्नालीका आँसु नाटकमा विषय वस्तु झल्काएको छ ।

कर्णालीको नाममा आएको बजेट समेत पूर्णरूपमा नदिई चाचाउ बाँड्ने कार्यक्रम मात्र गरेको छ । नाटकमा कर्णालीलाई राज्यले हेर्ने व्यवहारको चित्रण गरिएको छ ।

यस नाटकले दर्शकहरुको मन छोएको छ । कसंम घरको भौतिक रुपमा आफ्नै भवन नहुँदा नाटक उत्पादन गर्नमा समस्या देखिएको छ । र सम्बन्धित सरोकारवालासँग बजेटको माग गरेका छन् ।

साताकाे चर्चित
सम्बन्धित