सिँजामा १० हेक्टर वन अतिक्रमण , एक हजार स्याउका विरुवा काटिए
सिँजामा १० हेक्टर वन अतिक्रमण , एक हजार स्याउका विरुवा काटिए
    • उमेश बुढा

    • ६ जेष्ठ २०८१, आईतवार

 

जुम्ला ।

सिँजा ६ स्थित स्यानीपातल काफलवारी सामुदायिक वन अतिक्रमण गरेर स्याउ लगाउने व्यक्तिहरुका करिब १ हजार भन्दा बढी स्याउका विरुवा शुक्रबार काटिएका छन् ।

उक्त वन २०५२ साल असार २६ गतेबाट स्थापना भएको वनको २०७३ सालसाल भन्दा अगाडिबाट अतिक्रमण भरेको खुलासासा भएको छ ।

सामुदायिक वन अतिक्रमण गर्नेहरुलाई धेरै पटक सम्झाउँदै , जरिवाना गर्दै पहिलो पटक एक व्यक्ति बराबर दश हजार र दार्सो पटक ५ हजारका दरले जरिवाना गरेर उनि राजी खुसीका साथ समुदायको अगाडि सामुदायिक वन क्षेत्र भित्र पर्ने वन अतिक्रमण गरेको छोड्छौं भन्दै अहिले सम्म अटेरी गरे पछि जनप्रतिनिधि , उपभोक्ताहरु , वन कार्यालय र सिँजा हिमा सव डिभिजन कार्यालय नराकोट जुम्लाका कर्मचारी र प्रहरी लगायतको उपस्थितिमा वन अतिरिक्तण गर्ने व्यक्तिहरुका स्याउका विरुवा काटेर फालेको र मकै र गहुँ उखेलेर फालि दिएको अध्यक्ष रावते बताए ।

सहल्ला सुझाव दिदा नमान्ने वन अतिक्रमण गर्ने अझै हतकडी हालेर लिएर देखा भन्दा महिले प्रहरी प्रशासन लगाएर हटाएको तिनिहरुलाई हटाउन सफल भएको हुँ रावतले भने , सात जना भाड्गाउँका र चारजना जोडूगाउँका वन अतिक्रमण गर्ने व्यक्तिहरुको स्याउका विरुवा हामी यहि जेठ ४ गते काड्दै छौ , र उनिहरुले लगाएको वस्तु फालि लिनेछौ भनेर सार्वजनिक ठाउँमा पत्र टाँस गरेर अगाडि बढेको हौं।

सामुदायिक वन त २०५२ सालबाट भयो । त्यस भन्दा अगाडिबाट हामीले जग्गा बनाएर खाँदै आएको जग्गा पछिल्लो समयमा छोड्नु होस् भन्दैमा हामी कसरी छोड्ने तर एक्कासी प्रहरी प्रशासनको शक्ति लगाएर राणा शासनको जस्तो व्यवहार देखाएर मेरा लगभग पाँच सय विरुवा काटेर फालिदिएका छन् , जयवहादुर बुढाले बताए ।
अर्का व्यक्ति प्रेम दमाई भन्नु हुन्छ , महिले पनि पहिलैबाट जग्गा बनाएर लगाएका स्याउँका विरुवा काटेर फालि दिएका छन् । मकै र गहुँ पनि उखेलेर फाले पछि अब त्यो ठाउँमा बस्न र खान नदिए पछि म कसरी बाँच्ने , परिवारलाई के गरेर पाल्ने हो भन्ने चिन्तामै छु अब मर्नु बाहेक अरु केहि छैन । भन्दै जेठ ७ गते जिल्ला प्रशासन कार्यालय जुम्लामा न्याय पाउँ भनेर निवेदन दिन जाने पनि दमाईले बताए ।

सिँजा हिमा सव डिभिजन कार्यालय नराकोट जुम्लाका प्रमुख क्षेत्र वहादुर महतका अनुसार कुल १० हेक्टर क्षेत्रफल जग्गा अतिक्रमण गरेका थिए । जस मध्ये ५ हेक्टर स्याउ का विरुवा लगाएको उत्पादित जग्गा छ । भने , ५ हेक्टर क्षेत्रफल जग्गा घेरवार गरेर ओगटेको थियो । उनिहरुलाई २०७३ सालमा हटाउने पर्‍यास गरिएको थियो । त्यतिखेर सव डिभिजनका कर्मचारी रमेश बुढाथोकीको नेतृत्वमा हटाउन खोजिएको हो । उनिहरुले प्रति व्यक्ति बराबर १० हजार रुपैयाँ स्यानीपातल काफलबारी वनलाई तिरेर आजका दिनबाट सामुदायिक वन भित्रको अतिक्रमण गरेको जग्गा छोड्ने भनेता पनि २०७८ सालमा फेरि मुद्दा समेत परेको प्रमुख महतले बताए ।

यहि जेठ ४ गते शुक्रबारको दिनमा जुम्लाको साँजा ६ मा रहेको स्यानीपातल काफलबारी सामुदायिक वनको पूर्व दिलौरी खोला , पश्चिममा मासिडाँडा , उत्तरमा भुगाडी जाने ठुलो खोला र दक्षिणमा भेडानागी यि चार किल्ला भित्रको स्यानीपातल वनको क्षेत्रमा अवैधानिक रुपमा भएको वन अतिक्रमण हटाउने कार्यका लागि डिभिजन वन कार्यालय जुम्ला मार्फत सिँजा हिमा सव डिभिजन वन कार्यालय नराकोट अन्तर्गत स्यानीपातल काफलबारी सामाजिक वन समिति सिँजा ६ भाड्गाउँको अध्यक्ष रंग वहादुर रावतको नेतृत्वमा आएको आम उपभोक्ताहरुको टोलीले अतिक्रमण गर्ने व्यक्तिहरुका स्याउका विरुवा काटेर फालि दिएका छौं । भनेर निर्णय समेत गरिएको छ ।

सामुदायिक वनको जग्गा अतिक्रमण गरेको हटाउनको लागि सामुदायिक वनका पदाधिकारीहरु , वडानम्बर ६ का वडा अध्यक्ष लाल वहादुर बुढा , प्रहरी चौकी नराकोट क बाट काली वहादुर शाही , प्रहरी चौकी शनिगाउ श्याम प्रसाद त्रिपाठी ,लगायत वडा नम्बर ५ का व्यक्तिहरुको उपस्थितिमा लगभग दुई सय जनाको उपस्थितिमा अतिरिक्त गरेको जग्गामा लगाएका स्याउका विरुवा काटेर फालिएका छन् ।

साताकाे चर्चित
सम्बन्धित