जनतासँग वडा अध्यक्ष: तिर्थ वड
जनतासँग वडा अध्यक्ष: तिर्थ वड
    • उमेश बुढा

    • २२ बैशाख २०८१, शनिबार

 

जुम्ला ।

नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रबाट स्थानीय निर्वाचनमानिर्वाचित भएका सिँजा गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष जनताको घरघरमा पुगेर स्वास्थ्य सेवा दिइरहेका छन् ।

नेकपा माओवादी पार्टीले जुम्लामा आफ्ना उमेदवारले जितेका वडा र पालिकाका जनप्रतिनिधिलाई जनताको घर घरमा पुगेर विकास निर्माणका काम देखि लिएर जनताको स्वास्थ्य अवस्थामा समस्या के के छ । लगायतका कामका लागि जनतासँग जनप्रतिनिधि कार्यक्रम चलाएको छ ।

यहि बैशाख २१ गतेका दिन स्वास्थ्य कर्मीको टोली घोडेङ्गा गाउँमा लिएर जनताको सुगर , ग्यास्टिक , दम लगायतको रोगको चेकजाँच गरेर उपचार समेत गराएको वडा अध्यक्ष वडले जानकारी दिनु भयो ।

जनताका जुन गुनासोहरु आएका छन् । ति समस्यालाई हल गर्नको लागि म सक्दो सहयोग र जनताको विकासमा काममा लागि पर्ने वडको भनाईछ ।

उनले भने अब मेरो वडाका सबै गाउँमा पुगेर जनताका समस्यालाई मध्य नजर गरेर अगाडि बढ्नेछु । पार्टीले ल्याएको धारणा एकदम ठिक छ । पार्टीको योजना जनप्रतिनिधिलाई दिएको योजनामा लागि पर्ने पनि अध्यक्ष वडले बताए ।

यस भन्दा अगाडि नेकपा माओवादी केन्द्रले आफ्ना जितेका जनप्रतिनिधिलाई करिब दुई वर्षमा के के काम गर्नु भयो । भनेर गरेका कामको सार्वजनिक गर्न पत्रकार भेटघाट कार्यक्रम राख्नु भएको थियो ।

माओवादीका उमेदवार चुनाव जिते देखि जनताको घर दैलोमा पुगेका छन् कि छैनन् । जनताको मुख्य समस्या के हो त्यो समस्यालाई शंकल्प गरेर काम गराउनको लागि जनतासँग जनप्रतिनिधि कार्यक्रम चलाएको माओवादी केन्द्र जुम्लाका सचिव नविन शर्माले बताउनु भयो ।

धेरै जसो जनप्रतिनिधि चुनाव जितेर गए देखि जनता कहाँ फर्केका छैनन् । हाम्रो जनप्रतिनिधिलाई जनतासँग जनप्रतिनिधि कार्यक्रम मार्फत घर घरमा पुर्‍याउने लक्ष्य रहेको सचिव शर्माले बताए ।

साताकाे चर्चित
सम्बन्धित