सिँजामा विवाह गर्दा वडाको सिफारिस अनिवार्य
सिँजामा विवाह गर्दा वडाको सिफारिस अनिवार्य
    • उमेश बुढा

    • १८ बैशाख २०८१, मंगलवार

जुम्ला ।

सिँजा गाउँपालिका भित्रका ६ वटा वडामा बसोबास गर्ने विवाह गर्न उमेर पुगेका नागरिकले वडा कार्यालयको सिफारिस अनिवार्य लिएर विवाह गर्नु पर्ने छ ।

सिँजा गाउँपालिकामा गठित पालिका स्तरिय बाल अधिकार समितिको २०८१ साल बैशाख १० गते बसेको बैठकको निर्णय अनुसार वडा नम्बर १ देखि ६ सम्म बसोबास गर्ने विवाह गर्न उमेर पुगेका नागरिकहरुले विवाह गर्दा आफू बसोबास गर्ने वडाको वडा कार्यालयमा विवाह गर्न योग्य उमेर पुगेको प्रमाण पेश गरी अनिवार्य सिफारिस लिएर मात्र विवाह गर्न गराउन हुन बाल अधिकार समिति अध्यक्ष वा सिँजा गाउँपालिका उपाध्यक्ष सितली रोकायाले अनुरोध गर्नु भएको छ ।

स्थानीय सरकारले बाल विवाह रोक्नको लागि सबै वडाका वडा अध्यक्षलाई पत्रचार गरि सकेको उपाध्यक्ष रोकायाले बताइन् ।

यदि सिफारिस नलिएर विवाह गर्ने वा कानुनी विपरित विवाह गर्ने गराउनेलाई कानुन बमोजिम कार्वाही गरिने रोकायाले भनिन् , अब सिँजा गाउँपालिकामा बाल विवाह शून्य देखिने छ ।

कुनै पनि राष्ट्रको कानुनमा विवाह गर्न उपयुक्त तोकिएको उमेर भन्दा कम उमेरमा गरिने विवाहलाई बुझाउँछ । भने , विभिन्न देशमा वावाह गर्न योग्य उमेर भनेर आ( आफ्नो कानुनी रुपमा निर्धारित उमेर तोकेको छ । भने , नेपालको सन्दर्भमा केटीको उमेर २० वर्ष पुगेको हुनु पर्ने र केटाको उमेर २२ वर्ष पुगेकोलाई विवाह गर्न योग्य उमेर मानेको छ ।

साताकाे चर्चित
सम्बन्धित